Friday, February 27, 2015

पुलिसमा भर्ति हुने युवतीलाई नांगेझार पारेर कुमारित्व परीक्षण

Posted By BHL53 on Friday, February 27, 2015
प्रहरीमा भर्ति हुनका लागि महिलाहरुले आफ्नो कुमारित्व प्रमाणित गर्नुपर्छ । उनीहरुलाई निर्वस्त्र पारेर कुमारित्व परिक्षण गरेपछि मात्र उनीहरु प्रहरीका सम्भावित उमेद्धार बन्न पाउँछन् । यो अनौठो तथा अत्यासलाग्दो यथार्थ इण्डोनेसियाको हो । इण्डोनेसियाको मानव अधिकार संगठनको प्रतिवेदन अनुसार त्यहाँका जल्दाबल्दा महिला प्रहरी अधिकारीहरुलाई कुमारित्व परीक्षणका लागि बाध्य पार्ने गरिएको छ ।

यो वर्षको सुरुमा भर्ति सुरु भएर छनोटमा परेका ७ हजार महिला प्रहरीहरु विभिन्न खाले मापदण्ड पूरा गर्दै अहिले तालिम गरिरहेका छन् । इण्डोनेसिया प्रहरीको नियम अनुसार कुनैपनि महिलाले त्यहाँको प्रहरीमा भर्ति हुनका लागि साढे १७ देखि २२ वर्षको उमेर हुनुपर्नेछ । साथै धर्म मान्नुपर्ने , कम्तीमा ५ फिट ५ इन्च उचाइ हुनुपर्ने तथा आँखामा चस्माको आवश्यकता नपर्ने हुनुपर्छ । यत्तिमात्र त ठिकै हुन्थ्यो । तर पुलिसमा जागिर खानको लागि महिलाहरु भर्जिन अर्थात् कुमारी समेत हुनुपर्छ ।

Kindly Bookmark this Post using your favorite Bookmarking service:

Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 comments:

Post a Comment

 

| MBT Church © 2015. All Rights Reserved | Template Style by MyBloggerTricks | Modyfi by Bishnu Lamsal | Back To Top |