Tuesday, February 3, 2015

अन्लाईन बाटै मतदान गर्न सक्ने व्यवस्था

Posted By BHL53 on Tuesday, February 03, 2015
निर्वाचन आयोगका सहसचिव वीरबहादुर राईले विदेशमा बसोबास गरिरहेका नेपालीलाई यहाँ हुने निर्वाचनमा अनलाइनको माध्यमबाट आफ्नो मत दिन पाउने व्यवस्था छिट्टै गरिने बताउनुभएको छ । जिल्ला निर्वाचन कार्यालय ललितपुरको आयोजनामा आज यहाँ आयोजित मतदाता नामावली सङ्कलन तथा अधावधिक कार्यक्रम २०७१ विषयमा गरिएको अन्तक्र्रियामा उहाँले अनलाइन मतदानका लागि करिब एक दर्जन मुलुकमा यसबारे अध्ययन भइसकेको बताउनुभयो । “सो व्यवस्थाका लागि सर्वप्रथम विदेशमा रहेका नेपालीको नाम दर्ता गर्ने कार्य प्रारम्भ गरिने छ”–उहाँले भन्नुभयो । ललितपुर निर्वाचन अधिकारी सीता साम्बाले जिल्लामा छुटेका मतदातालाई मतदाता नामावली दर्ता गराउनका लागि यही माघ २२ गतेदेखि गाउँ र नगरका वडामा कार्यक्रम सञ्चालन गरिने र चैत पहिलो सातासम्म काम सम्पन्न गरिने जानकारी दिनुभयो । प्रजिअ यादवप्रसाद कोइरालाले मतदाता सङ्कलनका लागि राजनीतिक दलसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै निर्वाचन सम्पन्न गर्न र सोपूर्व राजनीतिक दलसँगको परामर्श अनिवार्य गरिनुपर्ने बताउनुभयो । रासस

Kindly Bookmark this Post using your favorite Bookmarking service:

Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 comments:

Post a Comment

 

| MBT Church © 2015. All Rights Reserved | Template Style by MyBloggerTricks | Modyfi by Bishnu Lamsal | Back To Top |