Tuesday, July 28, 2015

दोलखामा फेरि भुकम्प

Posted By Bishnu Lamsal on Tuesday, July 28, 2015 0 comments

दोलखालाई केन्द्रबिन् बनाएर मंगलबार राति फेरि भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएअनुसार राति ९ बजेर २३ मिनेटमा दोलखालाई केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पको धक्का सिन्धुपाल्चोक, काभ्रे, रामेछाप र राजधानीमा महसुस गरिएको मापन केन्द्रले जनाएको छ

Read More »

Friday, February 27, 2015

यस्ता छन् फेसबुकमा लागु हुन लागेका नयाँ नियम

Posted By Bishnu Lamsal on Friday, February 27, 2015 0 comments
यस्ता छन् फेसबुकमा लागु हुन लागेका नयाँ नियम एजेन्सी । चर्चित सामाजिक सञ्जाल फेसबुकले आफ्ना प्रयोगकर्ताहरुलाई ध्यानमा राखि नयाँ फिचर लञ्च गरेको छ । आफ्नो एनड्रोइड तथा आइओएस एप्लिकेशनलाई अपडेट गर्दै उसले फेसबुक फोटोको भिन्न रुप दिएको हो । नयाँ फिचर अनुकार फेसबुक प्योगकताृले फेसबुकमा फोटो आपलोड गर्दा फोटोमा स्टिकर लगाउन सक्ने छन् । फोटोलाई बिभिन्न तरिकाले पोष्ट गर्न सक्नुका साथै बिभिन्न स्टिकरहरुलाई राख्न सकिन्छ । जसकालागी फेसबुकले ५२ खालका श्रेणी बिभाजन गरेको छ । फोटोमा स्टिकर लगाउनुका साथै फोटो क्याप्सन समेत लेख्न सकिने बनाएको छ । यस फिचरमा कम्पनिले डिसलाइक अप्सन पनि राख्न लागेको छ । डिस लाइक बटम फेसबुक प्रयोगकर्ताको लागि नौलो हो ।
Read More »

पुलिसमा भर्ति हुने युवतीलाई नांगेझार पारेर कुमारित्व परीक्षण

Posted By Bishnu Lamsal on Friday, February 27, 2015 0 comments
प्रहरीमा भर्ति हुनका लागि महिलाहरुले आफ्नो कुमारित्व प्रमाणित गर्नुपर्छ । उनीहरुलाई निर्वस्त्र पारेर कुमारित्व परिक्षण गरेपछि मात्र उनीहरु प्रहरीका सम्भावित उमेद्धार बन्न पाउँछन् । यो अनौठो तथा अत्यासलाग्दो यथार्थ इण्डोनेसियाको हो । इण्डोनेसियाको मानव अधिकार संगठनको प्रतिवेदन अनुसार त्यहाँका जल्दाबल्दा महिला प्रहरी अधिकारीहरुलाई कुमारित्व परीक्षणका लागि बाध्य पार्ने गरिएको छ ।

यो वर्षको सुरुमा भर्ति सुरु भएर छनोटमा परेका ७ हजार महिला प्रहरीहरु विभिन्न खाले मापदण्ड पूरा गर्दै अहिले तालिम गरिरहेका छन् । इण्डोनेसिया प्रहरीको नियम अनुसार कुनैपनि महिलाले त्यहाँको प्रहरीमा भर्ति हुनका लागि साढे १७ देखि २२ वर्षको उमेर हुनुपर्नेछ । साथै धर्म मान्नुपर्ने , कम्तीमा ५ फिट ५ इन्च उचाइ हुनुपर्ने तथा आँखामा चस्माको आवश्यकता नपर्ने हुनुपर्छ । यत्तिमात्र त ठिकै हुन्थ्यो । तर पुलिसमा जागिर खानको लागि महिलाहरु भर्जिन अर्थात् कुमारी समेत हुनुपर्छ ।
Read More »

Wednesday, February 25, 2015

कस्तो रगत समुहको व्यक्ति कस्तो स्वाभाब को हुन्छ ?

Posted By Bishnu Lamsal on Wednesday, February 25, 2015 0 comments
साथीको मानिसको बानीको बारेमा थाहा पाउन चाहानु हुन्छ? यदी चाहानु हुन्छ भने तपाई आफ्नो साथीको रगत समुह पत्ता लगाएर जानकारी थाहा पाउन सक्नुहुन्छ। Japanese institute ले गरेको एक अनुशन्धान अनुसार मानिसहरुको रगत समुह अनुसार उसको चालचलनको बारेमा थाहा पाउन सकिन्छ र रगत समुह फरक भएमा मानिसको विचार र बानी फरक हुने सम्भावना धेरै हुन सक्छ। यहाँ रगत समुह सँग सम्बन्धित केही बानीको बारेमा दिईएको छ। Group O:- संसारका सवैभन्दा बढी मानिसमा यो रगत समुह पाइन्छ। o- र o+ गरी करीब ४७ प्रतिशत मानिसमा यो रगत समुह रहेको हुन्छ जसमा ४० प्रतिशत जती ०+ र ७ प्रतिशत जतीमा o- रहेको हुन्छ। यो रगत समुहका मानिसहरु नेतृत्व गर्न चाहना राख्ने तथा क्षमता भएका, आफुले शुरु गरेको काम फत्ते गरी छाड्ने, सत्यतामा विश्वाश गर्ने, मायालु र आत्म-विश्वाशले भरिएका हुन्छन भने यो रगत समुह भएका मानिसहरुको कमजोरी भनेको डाहा गर्ने बानी र धेरै प्रतिष्पर्धात्मक हुन खोज्ने भएको अनुशन्धानको क्रममा पाईएको थियो।

Group A:- यो रगत समुह करीब ४० प्रतिशत मानिसहरुमा हुन्छ जसमा ३४ प्रतिशतमा A+र ६ प्रतिशतमा A- पाईन्छ। यो रगत समुह भएका मानिसहरु शान्त र सामाजिक खालका, अरु सँग काम गर्न मनपराउने, sensetive र कमजोरीको रुपमा झुक्न नचाहाने र आराम गर्न नसक्ने वा नचाहाने बानी भएका हुन्छन।

Group B:- यो समुहको रगत कम मानिसहरुमा मात्र पाईन्छ जसमा करीब ८ प्रतिशतमा B+ र १ प्रतिशतमा मात्र B- हुन्छ। यो रगत समुह भएका मानिसहरु एकलकाँटे, जे पनी एक्लै गर्न चाहाने रचनात्मक खुबी भएका झुक्न सक्ने खुबी भएका हुन्छन जसले गर्दा कहिले काही काम बिग्रन समेत सक्छ।

 Group AB:-यो मानिसमा पाईने सबैभन्दा कम पाईने रक्त समुह हो। यो ४ प्रतिशतमा मात्र पाईन्छ जसमा ३ प्रतिशत AB+ र १ प्रतिशतमा AB- पाईन्छ। यो रगत समुह भएका मानिसहरु नरम, controlled र ठट्टा रमाईलो गर्ने खालका हुन्छन तर निर्णय गर्ने क्षमताको कमी हुन्छ !

Read More »

Tuesday, February 3, 2015

अन्लाईन बाटै मतदान गर्न सक्ने व्यवस्था

Posted By Bishnu Lamsal on Tuesday, February 03, 2015 0 comments
निर्वाचन आयोगका सहसचिव वीरबहादुर राईले विदेशमा बसोबास गरिरहेका नेपालीलाई यहाँ हुने निर्वाचनमा अनलाइनको माध्यमबाट आफ्नो मत दिन पाउने व्यवस्था छिट्टै गरिने बताउनुभएको छ । जिल्ला निर्वाचन कार्यालय ललितपुरको आयोजनामा आज यहाँ आयोजित मतदाता नामावली सङ्कलन तथा अधावधिक कार्यक्रम २०७१ विषयमा गरिएको अन्तक्र्रियामा उहाँले अनलाइन मतदानका लागि करिब एक दर्जन मुलुकमा यसबारे अध्ययन भइसकेको बताउनुभयो । “सो व्यवस्थाका लागि सर्वप्रथम विदेशमा रहेका नेपालीको नाम दर्ता गर्ने कार्य प्रारम्भ गरिने छ”–उहाँले भन्नुभयो । ललितपुर निर्वाचन अधिकारी सीता साम्बाले जिल्लामा छुटेका मतदातालाई मतदाता नामावली दर्ता गराउनका लागि यही माघ २२ गतेदेखि गाउँ र नगरका वडामा कार्यक्रम सञ्चालन गरिने र चैत पहिलो सातासम्म काम सम्पन्न गरिने जानकारी दिनुभयो । प्रजिअ यादवप्रसाद कोइरालाले मतदाता सङ्कलनका लागि राजनीतिक दलसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै निर्वाचन सम्पन्न गर्न र सोपूर्व राजनीतिक दलसँगको परामर्श अनिवार्य गरिनुपर्ने बताउनुभयो । रासस
Read More »

Sunday, January 18, 2015

ओठ फुट्ने समस्याको घरेलु उपचार तथा समाधान

Posted By Bishnu Lamsal on Sunday, January 18, 2015 0 comments

जाडोमा ओठ फुट्नु सामान्य समस्या हो । बढी चिसो हुँदा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थिले कम तेल निकाल्छ । त्यसैले फुट्छ ।
जाडोको समयमा सुक्खा धुलो उड्ने भएका कारणले पनि बढी ओठ फुट्छ । ओठ फुट्दा केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्यसमेत बिगार्छ । ओठ फुटेपछि घाउ छुन मन लागिरहने वा जिब्रोले चलाइरहन मन लाग्छ यसले गर्दा अझ बढी फुट्छ । ओठ फुट्नबाट जोगाउन केही उपाय अवलम्बन गर्न सकिन्छ । चिसो मौसममा बाहिर निस्कनुभन्दा अगाडि कुनै तैलीय पदार्थ ओठमा दल्ने र केही छिनपछि सुतीको कपडाले हल्का पुछेर निस्कने ।
राति सुत्दा ग्लिसिरिनमा कागती र गुलाबजल हालेर ओठ, गाला, हात र खुट्टामा दल्नाले फुट्न कम हुन्छ । सुत्ने वेलामा घरमै पाइने घिउ, मखन, दूधको तर आदि हलुका तरिकाले ओठमा दल्दा पनि हुन्छ । शरीरमा पानीको मात्रामा कमी हुँदा पनि ओठ, गाला, हात, खुट्टा फुट्न सक्छन् ।
त्यसैले गर्मी र जाडो दुवै मौसममा पानी पर्याप्त पिउनुपर्छ । ओठ फुट्दा धेरैले बारम्बार जिब्रोले चाट्छन् । यसो गर्दा केही सन्चो भएजस्तो लाग्छ, तर थुक सुकेपछि पहिलेको भन्दा झन् सुक्खा हुन्छ । बारम्बार ओठ चाटिरहँदा ओठको छालावरिपरि कालो हुन जान्छ । त्यसैले ओठ फुटेको छ भने जिब्रोले नचलाउनुहोस्

Read More »

वैवाहित जिवनको राज : शिल्पा सेट्टी

Posted By Bishnu Lamsal on Sunday, January 18, 2015 0 comments

बलिउडकी निकै चर्चित नायिका शिल्पा सेट्टी विवाहित हुन् । अझ भनौँ, उनी राज कुन्द्रासँगको सफल बैवाहिक जीवनको मज्जा लिइरहेकी छिन् । आफ्नो वैवाहिक जीवन सफल हुनुको श्रेय उनले आफ्ना व्यवसायी श्रीमान् राज कुन्द्रालाई दिएकी छिन् । उनी भन्छिन्, ‘यस्ता थुप्रै पुरुषहरु छन् जो घरमा कपडा धुन्छन्, म भन्न चाहन्छु, राज ती पुरुषमध्येका एक हुन् ।’ भारतीय समाजले महिलाहरुलाई मात्र घरभित्रका कामहरु सिकाउने गर्दछ । खाना बनाउने, लुगा धुनेजस्ता काम महिलाहरुको मात्र नभई पुरुषहरुको पनि भएको उनी बताउँछिन् । एक असल श्रीमानले श्रीमतीलाई उनको सबै कुुरामा सहयोग गर्नुपर्ने शिल्पाको भनाई छ । उनी भन्छिन्, ‘राजले मलाई हरेक कुरामा सहयोग गर्ने गर्दछन् । हामी बाहिर गएको बेलामा हामीलाई सहयोग गर्ने कोही हुँदैन । यस्तो अवस्थामा हामी एक–अर्कालाई सहयोग गर्ने गछौँ । यस्तो गर्नुमा के को लाज ?’ उनी अझ थप्छिन्, ‘यसरी एक–अर्कालाई घरको काममा सहयोग गर्दा आत्मियता बढ्छ जुन सफल वैवाहिक जीवनको मूल मन्त्र नै हो ।’ शिल्पाले सन् २००९ मा व्यवसायी राज कुन्द्रासँग विवाह गरेकी थिइन् । उनीहरुको वियान नामका छोरा पनि छन् ।

Read More »
 

| MBT Church © 2015. All Rights Reserved | Template Style by MyBloggerTricks | Modyfi by Bishnu Lamsal | Back To Top |