Tuesday, August 26, 2014

साउदीबाट दशैं मनाउन घर फर्कन लागेको छोरो बेपत्ता

Posted By BHL53 on Tuesday, August 26, 2014 0 comments

चितवन । १० भदौ- यो दशैं घरमा मनाउने सन्देश दिएर देश फर्कने तयारीमा रहेका एक युवा वेपत्ता हुँदा उनको घरमा रुवाबासी चलेको छ । दशैं मनाउने गरी घर फर्किने सुरसारमा रहेका चितवनको रत्ननगर-६ का २६ वर्षीय सोमप्रसाद सिलवाल ३१ साउनबाट साउदी अरबबाटै बेपत्ता भएका हुन् । घर फर्कन लागेका भाइ साउदीको रियादबाट बेपत्ता भएपछि उनको खोजीका लागि दाजु नवराजस हित परिवारका सदस्य काठमाडौंमा भौतारिइरहेका छन् । ‘दशैँमा घर फर्कन लागेको भाइ बेखबर भएपछि खोजीमा जुटेका छौँ, अधिकारकर्मी, सरकारी निकाय र सञ्चारकर्मीसँग हारगुहार माग्दा पनि पत्ता लागेको छैन ।’ परराष्ट्र मन्त्रालयमा भाइ हराएको रिपोर्ट मंगलबार दर्ता गर्दै नवराजले भने, ‘साथीकहाँ जान्छु भनेर हिँडेको भाइको अत्तोपत्तो छैन, साथीहरुले पनि खोजिरहेका छन्, कसैले फेला पारेरनन् ।’
उनी १३ असोज ०६९ मा साउदी अरबको अल मजाल अल अरबी ग्रुपमा सवारी चालकको काम गर्न पुगेका थिए । दुई वर्ष काम गरेपछि दशैँमा घर आउन सामान समेत पोको पारेका उनी साथी भेट्न गएदेखि बेखबर भएका थिए । उनी हराएको खबर साउदीमा रहेका उनका साथी विकास घिमिरेले गराएका थिए । सम्भव सबै साथीभाइकहाँ खोजियो फेला पार्न सकिएन’ घिमिरेले भने- “कोठामा उनका सामान घर र्फकन प्याक भएका छन् उनी एकाएक हराएपछि चिन्तित छौँ ।” सिलवाल परिवारका तीनमध्ये दुई छोरा विदेशमै छन् । यो दशैँमा सबै छोरासँग भेट हुने आशमा खुशी भएका सिलवालका आमाबाबु कान्छो छोरो हराएको खबरले विक्षिप्त छन् । आमा अजिता र बाबु चुडामणि छोराको खबर आउने आशमा दिनरात बिताउँदैछन् । कान्छो छोरो साउदीमा हराएपछि सिलवाल परिवारको भोक निद्रा हराएको छ । भाइसँग घर फर्कने सल्लाह गरेका उनका माहिला दाजु रामकृष्ण १८ भदौमा नेपाल आउँदैछन् । भाइ हराएको निवेदन परराष्ट्रमा दिएपछि दाजु नवराज भाइको खोजीमा साथ दिन सञ्चारकर्मीसँग अपिल गरेका छन् । बेपत्ता सोम प्रसादको फेसबुक वालमा उनका साथीहरुले चिन्ता प्रकट गर्दै सम्पर्कमा आउन आग्रह गरेका छन् ।
Read More »

Sunday, August 24, 2014

किङ्ग कोब्रा र पाईथोन बीच भएको महासंग्राम ::: भिडियो

Posted By BHL53 on Sunday, August 24, 2014 1 comments

किङ्ग कोब्रा र पाईथोन  बीच भएको महासंग्राम  अन्तमा  कसले जित्यो जसले जित्छ उ हार्नेलाई आहारको रुपमा खाई दिन्छ हेर्नुहोस भिडियो सहित भिडियो हेर्न तलको प्ले बटन क्लिक्क  गर्नुहोस। 



किङ्ग कोब्रा र पाईथोन बीच भएको महासंग्राम अन्तमा कसले जित्यो जसले जित्छ उ हार्नेलाई आहारको रुपमा खाई दिन्छ हेर्नुहोस भिडियो सहित भिडियो
Read More »

Thursday, August 21, 2014

स्वास्थ्य को लागि औषधि - धनिया

Posted By BHL53 on Thursday, August 21, 2014 0 comments
चाहे पात होस् वा गेडा तरकारीमा धनिया राखेर खाँदा निकै स्वादिलो हुन्छ । अचारमा धनियाको पात मिसाउँदा निकै सुगन्धित तथा स्वादिलो हुन्छ । हामीले खानालाई स्वादिलो बनाउनका लागि धनियाको प्रयोग गर्छौँ । तर धनियाले केवल खानालाई स्वादिलो वा सुगन्धित बनाउने मात्र होइन । धनियामा औषधीय गुण पाइन्छ अर्थात् यसको नियमित सेवनले हामीलाई धेरै खालका स्वास्थ्य समस्याबाट जोगाउँछ । आखिर धनियाका गुन के के छन् त ?



जोर्नी दुख्ने समस्या अर्थात् आर्थ्राइटिस विरामीका लागि धनिया निकै लाभदायी हुन्छ । धनियाका पातमा एन्टी ट्युमेरिक तथा एन्टी आर्थ्राइटिक गुण हुन्छ । जसले जोर्नी सुन्निने तथा दुख्ने समस्या कम गर्छ ।
आँखालाई स्वस्थ राख्न पनि धनियाको नियमित सेवन गर्नुपर्ने हुन्छ । धनियाको पात पानीमा उमाल्ने र त्यसलाई छानेर पानी बोतलमा खन्याउने । त्यो पानी चिसो बनाएर दुइ थोपा नियमित आँखामा राख्ने गर्दा आँखा पोल्ने तथा दुख्ने र बढि आशु आउने समस्या कम हुन्छ ।
गर्भावस्थामा आउने वान्ता रोक्न पनि धनिया उपयोगी हुन्छ । गर्भवती महिलालाई आउने वान्ता र वाकवाकीको समस्या कम गर्न धनियाको पात पानीमा पकाउने अनि त्यो पानीलाई छानेर चिसो बनाएर पिसेको मिश्री राखेर खाने गर्नुपर्छ ।

छालाको सुन्दरताका लागि पनि धनिया लाभदायी हुन्छ । धनियाको पातले छालालाई सुन्दर र स्वस्थ बनाउँछ । धनियाको पात मज्जाले पिँधेर अनुहारमा लगाउने र केही बेर राखेर सफा पानीले अनुहार पखाल्नुपर्छ । धनियाको पातको रसमा हलेदोको रस मिलाएर अनुहारमा लगाउँदा विभिन्न खालका खटिरा तथा अन्य खाले छालाका रोग पनि निको हुन्छ र अनुहारमा चमक बढ्छ ।
धनिया मधुमेह तथा उच्च रक्तचापका विरामीका लागि समेत लाभदायी हुन्छ । यसले सरीरमा इन्सुलिनको मात्रा सन्तुलित गर्ने, कोलेस्टेरोल तथा चिनीको मात्रा समेत सन्तुलित गर्न मद्दत गर्छ ।

स्रोत : खबरचौतारी.कम 
Read More »

यौन स्वास्थ्य सम्बन्धी १० फाइदाहरू

Posted By BHL53 on Thursday, August 21, 2014 0 comments

मानव यौन प्राणी हो । किशोरावस्थामा प्रवेश गरिसकेपछि यौन चाहना हुनु स्वभाविक मानिन्छ जुन स्वास्थ्यको लागि आवश्यक पनि छ । यौनलाई व्यवस्थित गरी सुरक्षित यौनसम्पर्क राख्न सक्यो भने यसले मानिसलाई स्वस्थ रहन सहयोग पु¥याउँछ । यसै सन्दर्भमा यौनका स्वास्थ्य सम्बन्धी १० फाइदाहरूलाई तल उल्लेख गरिएको छ । 
१. यौनसम्पर्कले तनावमक्त राख्दछ ।
सरक्षित यौन सम्पर्ककले मानिसको यौन रक्तचाप सामान्य राख्दछ । अनुसन्धानकर्ताहरू प्रतिवेदन अनुसार यौनसम्पर्क राख्ने व्यक्तिहरूले अन्य व्यक्तिहरूको तुलनामा राम्रोसगँ तनाब व्यवस्थापन गर्दछन् ।
२. प्रतिरोधात्मक क्षमताको अभिवृद्धि
असल यौन स्वास्थ्य आफैमा उत्तम शारीरिक स्वास्थ्य मानिन्छ । विभिन्न अनुसन्धानहरूमा उल्लेख भए अनुसार, हप्तामा २ पटक भन्दा वढी यौन सम्पर्क राख्ने व्यक्तिको तुलनामा कम अथवा यौन सम्पर्क नराख्ने व्यक्तिहरूमा चिसो तथा अन्य संक्रमण छिटो हुने देखिएको छ ।
३. क्यालोरीको खपत
यौन सम्पर्कलाई शारीरिक अभ्यास ९भ्हभचअष्कभ० को राम्रो तरिका मानिन्छ । यौन सम्पर्कको बेलामा मानसिक र शारीरिक दबै अभ्यास हुने हुदाँ प्रशस्त क्यालोरीको खपत हुने गर्दछ ।
४. ह्रदय रोगमा सुधार
अनुसन्धानकर्ताहरूका अनुसार, हप्तामा दुइ वा दुइ पटक भन्दा बढी यौन सम्पर्क राख्ने व्यक्तिहरूमा ह्रदयघात हुने समस्या हराएर जान्छ ।
५. आत्मनिर्भरता बढ्छ
आत्मनिर्भरता असल यौनसम्पर्कबाट बढ्न जाने हुन्छ । विभिन्न खोजीहरूमा उल्लेख गरिएअनुसार आत्मनिर्भर व्यक्तिले जीवनमा यौनसम्पर्क राखेको हुन्छ ।
६. सम्बन्धमा सुधार
असल तथा सुरक्षित यौनसम्पर्क पश्चात यौनजोडीहरू बीचको सम्बन्धमा सुधार हुन गई पारस्पारिक विश्वास बढ्न जान्छ ।
७. यौन सम्पर्कले पिडाबाट मुक्ति दिलाउँछ ।
यौन सम्पर्कसँगै शारीरिक पीडा घट्न जाने हुन्छ ।
८. यौन सम्पर्कले प्रोस्टेट क्यानसर को खतरा घटाउँछ
प्रायः २०–३० उमेर सम्मका पुरूष वर्गले हप्ताको ४–५ पटक विर्यस्खलन गर्दा प्रोस्टेट क्यानसरको खतरा घट्ने हुन्छ ।
९.मांशपेशी मजबुत राख्दछ ।
यौन सम्पर्कका कारण पेल्भिक मांशपेशी को राम्रो अभ्यास हुन गई महिलाहरूले आनन्द प्राप्त गर्नुको साथै उक्त मांशपेशी मजबुत हुन्छ जसले गर्दा कम संक्रमण हुने गर्दछ ।
१०. निद्रा पर्छ ।
असल यौन सम्पर्कले निद्रा बढाउँछ र स्वस्थ राख्दछ ।
Read More »

Saturday, August 16, 2014

इबोला भाइरस के हो जानकारी लिनुहोस् | भिडियो सहित

Posted By BHL53 on Saturday, August 16, 2014 0 comments
इबोला जातका विभिन्न पाँच प्रकारका भाइरसको आक्रमणबाट लाग्ने इबोला रोग लाई रक्तश्राव ज्वरो समेत भनिन्छ । यो भाइरसको आक्रमणपछि रोगीको सरीरका आन्तरिक अंग तथा बाह्य भागमा समेत अनियन्त्रित रुपमा रक्तश्राव हुने भएकाले यसलाई रगत बग्ने ज्वरो भनिएको हो । पश्चिम अफ्रिकाका विभिन्न देशमा अहिले महामारीकै रुपमा रहेको इबोला रोगका कारण विश्व स्वास्थ्य संगठनले अन्तराष्ट्रिय स्वास्थ्य संकटकाल समेत घोषणा गरिसकेको छ । सन् १९७६ मा पहिलोपटक सुडानको नजरा र कंगोको याम्बुकुमा मानिसमा महामारीकै रुपमा देखा परेेको यो भाइरसको नाम इबोला रहनुका कारण कंगोको याम्बुकु गाउँ इबोला नदीको किनारमा रहेकाले हो । इबोला निकै प्राणघातक रोग हो र भाइरसको संक्रमण भैसकेपछि ५० देखि ९० प्रतिशत सम्मको रोगीको मृत्यु हुने गरेको छ ।



Read More »
 

| MBT Church © 2015. All Rights Reserved | Template Style by MyBloggerTricks | Modyfi by Bishnu Lamsal | Back To Top |