नेपाली क्रिकेट टिमका क्याप्टेन पारस खड्काको हातमा स्याम्पियनको बोतल थमाइयो। बरफका टुक्राहरूमा डुबाइएकाले ब्याट र बल समाउने हातले स्याम्पियन खोल्न केही समय लाग्यो। हल्लाएर उनले स्याम्पियन खोलेपछि हलभरि ताली बज्यो। राष्ट्रिय क्रिकेट टिमका सबै खेलाडी ताली बजाउन थाले। सँगै उभिएका कराँतेका अन्तर्राष्ट्रिय खेलाडी दीपक श्रेष्ठले पनि ताली पिटे।
गत शुक्रबार मध्याह्न आफ्नो टोलीसहित ठमेल सातघुम्ती चोकमा पुगेका पारस खड्का तथा दीपक श्रेष्ठले एक स्पोर्ट्स लाउञ्जको उद्घाटन गरे। चारवटा स्क्रिनमा देश विदेशका खेल गतिविधिको सराउन्ड साउन्डसहित प्रत्यक्ष प्रसारण गर्ने एरिना स्पोर्ट्स लाउञ्जलाई खेलाडीहरू 'स्पोर्ट्स हब' बनाउन सञ्चालक कन्हैया राजभण्डारीले अनुरोध गरे। देश-विदेशका मदिरा तथा परिकारका साथ काउचमा बसेर खेल गतिविधि नियाल्न पाइने उक्त लाउञ्जलाई खेलकुद सामग्रीहरूद्वारा सिँगारिएको छ।
Kindly Bookmark this Post using your favorite Bookmarking service:


0 comments:
Post a Comment