तिमि संग म हाँस्दा हाँस्दै मरेछु भने, नरुनु है...!
धर्ति छोडी स्वर्गमा बसाई सरेछु भने ,नरुनु है....!
हाम्रो खुशीको आगमनमा नचाहादा नचाहादै पनि म,
तिम्रो दिलबाट ओइली झरेछु भने ,नरुनु है
भोगेर मृत्यूको लेखान्तलाई नदीको किनारमा हेर
जल्दै गरेको त्यो चिता माथि परेछु भने,नरुनु है
मरे पछि पनि आत्मा बनेर म तिम्रो समिपमा आई ,
तिमीलाई फेरी सताउने गरेछु भने, नरुनु है !!
Kindly Bookmark this Post using your favorite Bookmarking service:

0 comments:
Post a Comment