म तिम्रो आँखामा सझाउन कँहा योग्य छु र?
म तिम्रो आँशु बनी दिएको छु
तिम्रो कोमल मुटुमा म राख्न कँहा काबिल छु र?
त्यो मुटु मैले दुखाएको छु
बुझिन मैले तिम्रो माया
जब तिमी मसंग थियौं
जब महशुस गरें मैले
तर तिमी टाढा भैसक्यौ
याद आउँछ तिमीले भनेका कुराहरु
आज म एक्लो छु
पश्चातापमा जलिरहेछु म जलिरहेछु
प्रकृतिको लालीसंगै बिताएका
आँखा भित्रका काँडा बनी बिझिदिन्छ
याद आउँछ तिमीले भनेका कुराहरु
बुझिन मैले तिम्रो माया
जब तिमी मसंग थियौं
जब महशुस गरें मैले
तर तिमी टाढा भैसक्यौ
याद आउँछ तिमीले भनेका कुराहरु
आज म एक्लो छु
पश्चातापमा जलिरहेछु म जलिरहेछु
आज म एक्लो छु
पश्चातापमा जलिरहेछु म जलिरहेछु
आज म एक्लो छु
पश्चातापमा जलिरहेछु म जलिरहेछु
Kindly Bookmark this Post using your favorite Bookmarking service:


0 comments:
Post a Comment