Sunday, January 18, 2015

ओठ फुट्ने समस्याको घरेलु उपचार तथा समाधान

Posted By BHL53 on Sunday, January 18, 2015 0 comments

जाडोमा ओठ फुट्नु सामान्य समस्या हो । बढी चिसो हुँदा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थिले कम तेल निकाल्छ । त्यसैले फुट्छ ।
जाडोको समयमा सुक्खा धुलो उड्ने भएका कारणले पनि बढी ओठ फुट्छ । ओठ फुट्दा केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्यसमेत बिगार्छ । ओठ फुटेपछि घाउ छुन मन लागिरहने वा जिब्रोले चलाइरहन मन लाग्छ यसले गर्दा अझ बढी फुट्छ । ओठ फुट्नबाट जोगाउन केही उपाय अवलम्बन गर्न सकिन्छ । चिसो मौसममा बाहिर निस्कनुभन्दा अगाडि कुनै तैलीय पदार्थ ओठमा दल्ने र केही छिनपछि सुतीको कपडाले हल्का पुछेर निस्कने ।
राति सुत्दा ग्लिसिरिनमा कागती र गुलाबजल हालेर ओठ, गाला, हात र खुट्टामा दल्नाले फुट्न कम हुन्छ । सुत्ने वेलामा घरमै पाइने घिउ, मखन, दूधको तर आदि हलुका तरिकाले ओठमा दल्दा पनि हुन्छ । शरीरमा पानीको मात्रामा कमी हुँदा पनि ओठ, गाला, हात, खुट्टा फुट्न सक्छन् ।
त्यसैले गर्मी र जाडो दुवै मौसममा पानी पर्याप्त पिउनुपर्छ । ओठ फुट्दा धेरैले बारम्बार जिब्रोले चाट्छन् । यसो गर्दा केही सन्चो भएजस्तो लाग्छ, तर थुक सुकेपछि पहिलेको भन्दा झन् सुक्खा हुन्छ । बारम्बार ओठ चाटिरहँदा ओठको छालावरिपरि कालो हुन जान्छ । त्यसैले ओठ फुटेको छ भने जिब्रोले नचलाउनुहोस्

Read More »

वैवाहित जिवनको राज : शिल्पा सेट्टी

Posted By BHL53 on Sunday, January 18, 2015 0 comments

बलिउडकी निकै चर्चित नायिका शिल्पा सेट्टी विवाहित हुन् । अझ भनौँ, उनी राज कुन्द्रासँगको सफल बैवाहिक जीवनको मज्जा लिइरहेकी छिन् । आफ्नो वैवाहिक जीवन सफल हुनुको श्रेय उनले आफ्ना व्यवसायी श्रीमान् राज कुन्द्रालाई दिएकी छिन् । उनी भन्छिन्, ‘यस्ता थुप्रै पुरुषहरु छन् जो घरमा कपडा धुन्छन्, म भन्न चाहन्छु, राज ती पुरुषमध्येका एक हुन् ।’ भारतीय समाजले महिलाहरुलाई मात्र घरभित्रका कामहरु सिकाउने गर्दछ । खाना बनाउने, लुगा धुनेजस्ता काम महिलाहरुको मात्र नभई पुरुषहरुको पनि भएको उनी बताउँछिन् । एक असल श्रीमानले श्रीमतीलाई उनको सबै कुुरामा सहयोग गर्नुपर्ने शिल्पाको भनाई छ । उनी भन्छिन्, ‘राजले मलाई हरेक कुरामा सहयोग गर्ने गर्दछन् । हामी बाहिर गएको बेलामा हामीलाई सहयोग गर्ने कोही हुँदैन । यस्तो अवस्थामा हामी एक–अर्कालाई सहयोग गर्ने गछौँ । यस्तो गर्नुमा के को लाज ?’ उनी अझ थप्छिन्, ‘यसरी एक–अर्कालाई घरको काममा सहयोग गर्दा आत्मियता बढ्छ जुन सफल वैवाहिक जीवनको मूल मन्त्र नै हो ।’ शिल्पाले सन् २००९ मा व्यवसायी राज कुन्द्रासँग विवाह गरेकी थिइन् । उनीहरुको वियान नामका छोरा पनि छन् ।

Read More »

Monday, January 12, 2015

चितवनमा बन्दको प्रभाव, एमाओवादीका एक नेता पक्राउ

Posted By BHL53 on Monday, January 12, 2015 0 comments

२९ पुस | चितवन
एकिकृत माओवादी सहितको ३० दलीय मोर्चा र नेकपा माओवादीले घोषणा गरेको अलग अलग बन्दका कारण जनजीवन प्रभावित बनेको छ ।

 राजधानी लगायत चितवनमा पनि बन्दको प्रभाव बिहानै देखि परेको छ । बन्द गराउने क्रममै पुल्चोकबाट एकिकृत माओवादीका केन्द्रीय परिषद सदस्य रणेन्द्र बराली पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ । 

बन्दका कारण लामो तथा छोटो दुरीका सवारी चल्न सकेका छैनन् भने मोटरसाइकल संचालनमा भने खुल्ला गरिएको छ ।

  एकिकृत माओवादी चितवन र नेकपा माओवादीको पूर्व निर्णय अनुसार चितवन महोत्सवलाई मध्यनजर गरी मोटरसाइकल संचालनमा भने खुल्ला गरिएको हो । तर बन्दका कारण सर्वसाधारण भने मर्कामा परेका छन् । 

Read More »

Thursday, January 8, 2015

बेलायती सेनाको फेक आइडी बनाउदै केटी फसाउदै

Posted By BHL53 on Thursday, January 08, 2015 0 comments

विजय नेपाल, पोखरा, २४ पुस - आफूलाई बेलायती सेनाको लाहुरे हुँ भनी सिधा सादा युवतीलाई प्रलोभनमा पारी उनीहरुको अस्मितामाथि खेलवाड गर्नुका साथै लाखौ रुपैयाँ बराबरको गरगहना लुट्ने एक युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङजाको कोल्माका साजन घले भन्ने प्रेमबहादुर सुनार हुन् ।

साजन गुरुङ नामको नक्कली फेसबुक आइडी बनाएका सुनारले बेलायती सेनाले प्रयोग गर्ने डे«स लगाएको तस्वीर पोष्ट गरी आफू बेलायती सेनामा कार्यरत रहेको जनाउँदै सिधा सादा युवतीलाई विवाह गर्न चाहेको र विवाहपश्चात बेलायती जाने प्रलोभन पार्दै आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ  ।

 उनले आफ्नो नक्कली फेसबुक आइडीमा कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुक घर भई पोखरा उपमहानगरपालिका वडा नं. १० घलेचोक बस्दै आएको भनी उल्लेख गरेको जनाइएको छ ।

निज सुनारले कास्कीसहित स्याङजा, पर्वत, बुटवल र चितवनका युवतीहरुलाई आफ्नो नक्कली आइडीमार्फत आफुले विवाह गर्न चाहेको भन्दै उनीहरुको अस्मितामा खेलवाड गरी लाखौ रुपैयाँ बराबरको सुनका गरगहना लुटेको अनुसन्धानमा खुल्न आएको छ ।

 निजले आफ्नो संस्कारमा स्वयंवरमा माइती पक्षले गरगहना लगाउन मिल्दैन, गरगहना सबै घर पक्षबाट लगाउने हो भनी युवतीका सुनका गरगहना खोल्न लगाएर बेसहारा बनाइ आफूले लुट्ने गरेको कास्की प्रहरीले जनाएको छ । 
प्रहरीले सुनारमाथि मानव बेचबिखन तथा ओसार पसार मुद्दामा कास्की जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान जारी रहेको जनाएको छ । 
डिसि नेपाल

Read More »
 

| MBT Church © 2015. All Rights Reserved | Template Style by MyBloggerTricks | Modyfi by Bishnu Lamsal | Back To Top |