Sunday, June 29, 2014

निद राम्ररी सुते स्मरण शक्तिमा सुधार

Posted By BHL53 on Sunday, June 29, 2014 0 comments
रातको निद राम्ररी सुतेपछि स्मरणशक्ति र सिक्ने शक्तिमा सुधार कसरी आउँछ भन्ने प्रक्रिया वैज्ञानिकहरुले पत्ता लगाएका छन्।


चीन र अमेरिकामा रहेको वैज्ञानिकहरुको समूह अत्याधुनिक सूक्ष्मदर्शक यन्त्र (माइक्रोस्कोप) प्रयोग गरेर मष्तिष्कका कोषबीच अन्तरग्रन्थी सम्बन्धको प्रत्यक्षदर्शी बनेका छन्। 
साइन्स जर्नलमा प्रकाशित उनीहरुको अध्ययनले सघन तालिमले पनि अपुरो निद्राको पूर्ति गर्न नसकेको देखाएको छ। 
विशेषज्ञहरुले भनेका छन् यो शानदार र महत्वपूर्ण अध्ययन हो जसले स्मरणशक्तिको प्रक्रिया बाहिर ल्याइदिएको छ।

भूमिका :

निन्द्राले स्मरणशक्ति र सिकाइमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने थाहा भएकै कुरा हो। तर मस्तिष्कमा वास्तवमा के हुन्छ र निद्रा महत्वपूर्ण हुन्छ भन्ने कुरा विवादको विषय रहँदै आएको छ। न्यूयोर्क विश्वविद्यालयको स्कूल अफ मेडिसिन र पेकिङ विश्वविद्यालयको शेनजेन ग्रयाजुएट स्कूलका अनुसन्धानकर्ताहरुले घुमिरहेको रडमा हिँडन मुसाहरुलाई नयाँ तालिम दिने क्रमलाई आधार बनाएर यो प्रक्रिया पत्ता लगाएका हुन्। 
लगातार पढिरहनु भन्दा पढेर गहिरो निन्द्रा सुत्नाले पढेको कुरा लामो समयसम्म संझना हुन सक्छ ती जनावरहरु सुतिरहेका बेला र तिनलाई निन्द्रा कम भएका बेला अनुसन्धानकर्ताहरुले जिउँदो मस्तिष्कको भित्री भागमा माइक्रोस्कोप मार्फत हेरेका थिए।
"हामीले सोच्यौं निद्राले सहयोग पुर्याउँछ तर त्यो अरु कारणले पनि हुन सक्थ्यो। र हामीले देखायौं यसले साँचिकै सहयोग पुर्याउँछ। सुतेका बेलामा पनि मस्तिष्क शान्त हुँदैन उसले दिनभर भएका घटना पुनरावृत्ति गरिरहन्छ र जुन न्यूरोनहरुबीच नयाँ सम्पर्क बनाउन निकै महत्वपूर्ण हुन्छ"
वेन बियाओ गान, प्रोफेशर, न्यू योर्क विश्वविद्यालय
नयाँ सम्बन्ध :
उनीहरुको अध्ययनले देखाएको छ, पुरा सुतेका मुसाहरुको स्नायू (न्यूरोन)हरुबीच नयाँ अन्तरसम्बन्ध विकसित भयो र उनीहरुले तालिमको कुरा झन बढि सिकिरहेका थिए।
उनीहरुले स्मरण शक्ति बढाउन गहिरो निन्द्रा आवश्यक परेको देखाए।गहिरो निन्द्राका बेलाको चरणमा मुसाहरुको मस्तिष्कले त्यसदिनको अघिल्लो प्रहरमा गरेको गतिविधि दोहोर्याइरहेको थियो।
न्यूयोर्क विश्वविद्यालयका प्रोफेशर वेन बियाओ गानले बीबीसीलाई भने, "निद्राले न्यूरोनहरुबीच नयाँ सम्बन्ध प्रबर्द्धन गर्छ भन्ने नयाँ कुरा हो यो यसअघि अरु कसैलाई थाहा थिएन।

"हामीले सोच्यौं निद्राले सहयोग पुर्याउँछ तर त्यो अरु कारणले पनि हुन सक्थ्यो। र हामीले देखायौं यसले साँचिकै सहयोग पुर्याउँछ। सुतेका बेलामा पनि मस्तिष्क शान्त हुँदैन उसले दिनभर भएका घटना पुनरावृत्ति गरिरहन्छ र जुन न्यूरोनहरुबीच नयाँ सम्पर्क बनाउन निकै महत्वपूर्ण हुन्छ।"

तुलना :

अध्ययनमा एकघन्टा तालिम गरेर सुतेका मुसाहरुको मस्तिष्कको गतिविधिलाई तीनघन्टा लामो सघन तालिम गरेर कम सुतेका मुसाहरुको मस्तिष्कको गतिविधिसंग तुलना गरिएको थियो। सुत्दा स्मरणशक्तिलाई सीधा फाइदा हुन्छ भन्ने प्रक्रिया बैज्ञानिकहरुले प्रमाणित गरेका छन्। यो बेला पनि फरक प्रष्ट देखिन्थ्यो : सुतेका मुसाहरुले राम्रो गरेका थिए र उनीहरुको मस्तिष्कले नयाँ सम्बन्ध बनाएको देखियो। प्रोफेशर गानले भने यसको प्रभाव विद्यार्थीहरुमा हुनसक्छ। उनले भने, "यदि तिमी केहि कुरा लामो समयका लागि सम्झिरहन चाहन्छौ भने तिमीलाइ न्यूरोनहरुबीचको यो सम्बन्ध आवश्यक हुन्छ।"

राम्रो निन्द्रा :

 त्यसैकारण संभवत: धेरै बेर पढिरहनुभन्दा पढ्ने र राम्रो निन्द्रा सुत्नु उपयुक्त हो। युनिभर्सिटी अफ सरेकी डा राफेले विन्स्की समररले भनिन्, "यो असाध्यै प्रभावशाली राम्ररी वर्णन गरिएको उपलब्ध उच्च प्रविधिको
प्रयोग गरेर स्मरणशक्तिको प्रक्रिया देखाइएको प्रभावशाली अध्ययन हो।" "यसले दिनमा हुने अनुभवलाई कसरी मस्तिष्कले वहन गर्छ भन्ने कोषहरुबीचको प्रक्रिया देखाएर प्रमाणित गरिएको छ। वास्तवमा यो अध्ययनले ‍निन्द्राले न्यूरोनहरुबीचको नयाँ सम्बन्ध विकास गर्ने भएकाले निद्रा बचाउनु भनेको छ।"
Read More »

नीर शाहलाई हृदयघात

Posted By BHL53 on Sunday, June 29, 2014 0 comments
बरिष्ठ चलचित्रकर्मी नीर शाहलाई हृदयघात भएको छ । शनिबार घरमै बसिरहेका बेला नीर शाहलाई हृदयघात भएको हो । चलचित्र निर्देशक सुमन दाहालका अनुसार उहालाई शनिबार हृदयघात भएर बाँसबारी स्थित गंगालाल हस्पिटलको सिसियू कक्षमा उपाचार भईरहेको छ ।

Read More »

Friday, June 27, 2014

रोनाल्डो सौराहामा देखियो

Posted By BHL53 on Friday, June 27, 2014 0 comments
चितवन।ब्राजिलमा विश्वकप फुटबलको बीसौं संस्करण सुरु हुन केही घन्टामात्र बाँकी छ ।यस्तो बेला ब्राजिलका फुटबल स्टार रोनाल्डो चितवनको सौराहामा हुने कुरै भएन ।
पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो पनि सौराहा आएका छैनन् तर एउटा रोनाल्डो गत शनिबारदेखि मायाको खोजीमा यहाँ भौतारिरहेको छ । यो रोनाल्डो कुनै स्टार फुटबलर नभएर चितवन राष्ट्रिय निकुन्जभित्र बस्दै आएको जंगली मता (भाले हात्ती) भएको आजको अन्नपूर्णपोष्ट दैनिकमा छापिएको छ ।
 राष्ट्रिय प्रकृति संरक्षण कोषको हात्तिसारमा मंगलबार रातभर यौनक्रिडाका लागि रोनाल्डो कुरिरह्यो । हात्तीसरमा कोलार फेन्स लगाएर विद्युत प्रवाह गरिएकाले रोनाल्डो भित्र छिर्न नसक्दा उसको इच्छा भने पुरा हुन सकेन । कोषका कर्मचारी दीपक श्रीवास्तवले शनिबारदेखि रोनाल्डो सौराहा क्षेत्रमा देखिएको जानकारी दिए । निकुन्जका पशुचिकित्सक कमल गैरे सामान्यतया अहिले हात्तीको प्रजनन समय नभए पनि रोनाल्डोलाई यौनको मात चढेको बताउँछन् । सौराहामा निकुन्ज र कोषको एक एक वटा हात्तीसार छ । दुबैमा गरी आधा दर्जन ढोइ छन् ।
Read More »

Wednesday, June 25, 2014

साइड इफेक्टले मान्छेमा डिपे्रसन हुने

Posted By BHL53 on Wednesday, June 25, 2014 0 comments
जिन्दगी सधैं खुसी र रमाइलोमा मात्र बित्दैन, कहिलेकाहीा त्यस्ता दिन पनि आउाछ, जुन बेला आफ्ना लागि यो संसारमा कोही हुादैन। भविष्य आध्यारो मात्र देखिन्छ, भएका उपलब्ध व्यर्थ हुन्छ, उत्साह, उमंग र रुचि हराएर जान्छ। त्यसबेला मान्छेले मृत्युको विकल्प देख्दैन। मान्छेमा यस्तो सोचाइ के कुराले आउाछ, अहिलेसम्म विज्ञहरूले पत्ता लगाउन सकेका छैनन्। खाइपाइ आएको सुविधा एकाएक छुट्नु यसको सुरुवाती कारण भएको बताइन्छ। त्यसपछि केही मेडिकल कारणले यसको विकास गर्छ। जसमा थाइराइडको कम सक्रियता, ब्लडपे्रसरको औक्षधि प्रयोग गर्दा पनि त्यसको साइड इफेक्टले मान्छेमा डिपे्रसन हुने विज्ञहरूले बताएका छन्।
Read More »

मधुमेहबाट बच्नुस्

Posted By BHL53 on Wednesday, June 25, 2014 0 comments
खान-पान र कसरतसँग जोडिएको बानीमा थोरै परिर्वतन ल्याउने हो भने डाइबिटीजको खतरा कम हुने एक अध्ययनले देखाएको छ ।
 यो अध्ययन खासगरी दक्षिण एशियाली मूलका मानिसहरुसँग जोडिएको छ । अध्ययनमा दक्षिण एशियाका कयौं परिवारले टाइप २ डाइबिटीजबाट बच्नका लागि आफ्नो खान-पान र दैनिक गतिविधिमा थोरै परिर्वतन गरेर आफ्नो वजन कम गर्दा फाइदा भएको देखिएको छ । एडिनबर्ग क्लीनिकल परीक्षणले देखाएअनुसार यदि आफ्नो स्वास्थ र जीवनलाई राम्रो बनाउने हो भने जीवनशैलीमा ठूलो परिर्वतन आवश्यक छैन, सानो परिर्वतन पनि हितकारी हुन्छ । बेलायतमा दक्षिण शियाका मानिसहरुको संस्कृतिलाई केन्दि्रत गरेर पहिलोपटक यो अध्ययन गरिएको बीबीसीले जनाएको छ । यो अध्ययनको अन्त्यमा विरामीको वजन मात्र कम भएन, हिपको आकार र कम्मरको नाप पनि घट्यो । यसका साथै परिक्षणको अन्त्यमा घर र्फकँदा डाइबिटीजको खतरा समेत कम भएको पाइएको छ । शोधकर्ताहरुका अनुसार खान-पान र कसरतसँग जोडिएको गतिविधिमा परिर्वतन ल्याउन जातीय पृष्ठभूमि र संस्कृतिले महत्वपूर्ण भूमिका खेलेको छ । दक्षिण एशियामा पारिवारिक जीवन र सँगै खाने बानीलाई निकै महत्व दिइन्छ । दक्षिण एशियाका मानिसहरु कम उमेरमै मोटोपनसँग सम्वन्धित समस्यामा पर्ने खतरामा छन् । पाकिस्तान र भारतीयमा टाइट टु डाइबिटीज हुने सम्भावना अन्य एशियालीमा भन्दा बढी हुने पाइएको छ । जव कि वजन र लम्बाईको अनुपात अन्य मुलका मानिसको जस्तै हुन्छ । तीन वर्षसम्म चलेको यो अध्ययनमा स्कटल्याण्डमा बस्ने पाकिस्तानी र भारतीय मूलका १ सय ७१ मानिसलाई समावेश गरिएको थियो । जसलाई पहिले नै डाइबिटीज हुने आशंका बढी थियो ।
Read More »

उच्च रक्तचाप रोगि ले यस्तो भोजन गरौ ।

Posted By BHL53 on Wednesday, June 25, 2014 0 comments
शहरिया जीवनशैलीले अचेल रक्तचाप रोगीको संख्या निकै बढ्दै छ । रक्तचाप बढेसँगै यसले शरिरमा अन्य रोगहरु पनि बल्झाइदिन्छ । जसले गर्दा रक्तचाप बढ्न नदिन समयमै सचेत रहनुपर्छ । यहाँ केही टिप्स छन्, जुन रक्तचाप रोगीको लागि निकै उपयोगी हुन सक्छ ।




१) एकैपटक धेरै खानेकुरा खानु हुँदैन । मसाला तथा तेलमा तारेको खानेकुराबाट टाढा बस्नुपर्दछ । 
२) भोजनमा फलफूल र तरकारीको मात्रा बढी लिनुपर्दछ । 
३) लसुन, प्याज, भटमासको सेवन फाइदाजनक हुन्छ ।
 ४) भोजनमा पोटासियमको मात्रा बढी र सोडियमको मात्रा कम हुनु पर्दछ । 
५) नुनको सेवन कम गर्नु पर्दछ । 
६) चिनी, क्याफिन, चक्लेट, जंक फूड आदिको सेवन नियन्त्रित गर्नुपर्दछ ।
 ७) दिनमा कम्तिमा १०/१२ गिलास पानी पिउनु पर्दछ । 
८) जौ, गहुँको पिठो, मुङ्ग, अंकुरित दाल आदिको सेवन गर्नुपर्दछ ।
९) काउली, पालुङ्गो, मेथीको साग आदि नियमित खानुपर्दछ । 
१०) तरकारीमा लौका, पुदिना, परवल, सजिवन, फर्सी, करेला आदिको भोजन फाइदाजनक छ । 
११) जुवानो, अदुवा पनि नियमित खाए फाइदा पुग्दछ । 
१२) मौसम, अंगुर, अनार, मेवा, स्याउ, सुन्तला, अम्बा आदि फलको नियमित गर्नु पर्दछ । 
१३) दूध, भटमासको तेल, गाईको घिऊ, सखर, मह, बदाम आदिको सेवन पनि रक्तचाप रोगीको लागि गुणकारी मानिन्छ ।


Read More »

आफ्नो डोमेन नाम रजिस्ट्रेसन सेवाको बारेमा जानकारी

Posted By BHL53 on Wednesday, June 25, 2014 0 comments
गूगल ले  आफ्नो डोमेन नाम रजिस्ट्रेसन सेवाको बारेमा जानकारी देएको छ। 
ठुलो अनलाइन सर्च इन्जिन गूगल एऔत एस्तो सेवा ल्याउन लागिपरेको छ जसको मद्ददले प्रयोगकर्ता  आफ्नो करोबार को लागि डोमेन नाम खोज्ने , खरिद गर्ने र हस्तान्तरण गर्न सकिने छ।
कारोबारको बढ्दो संख्या ले अनलाइन उपस्थिति दर्ता गराउन आजको आबस्यकता छ। त्यसैले डोमेन नाम को बढ्दो माग भैरहेको छ।
 

गूगल को यो जानकारी एस्तो समएमा अगाडी आएको छ जब गोडैडी सेयर बिक्रीको मध्यम बाट एक अर्ब डलर जुटाउन कोसिस गरिरहेको छ। गोदैड़ी दुनियामा बढ्दो डोमेन नाम मद्दे एक हो

डोट सेक्स, डोट मियुजिक जस्ता नामको लागि होडबाजी
Read More »

मधुमेहबाट बच्नुस्

Posted By BHL53 on Wednesday, June 25, 2014 0 comments
खान-पान र कसरतसँग जोडिएको बानीमा थोरै परिर्वतन ल्याउने हो भने डाइबिटीजको खतरा कम हुने एक अध्ययनले देखाएको छ ।
 यो अध्ययन खासगरी दक्षिण एशियाली मूलका मानिसहरुसँग जोडिएको छ । अध्ययनमा दक्षिण एशियाका कयौं परिवारले टाइप २ डाइबिटीजबाट बच्नका लागि आफ्नो खान-पान र दैनिक गतिविधिमा थोरै परिर्वतन गरेर आफ्नो वजन कम गर्दा फाइदा भएको देखिएको छ । एडिनबर्ग क्लीनिकल परीक्षणले देखाएअनुसार यदि आफ्नो स्वास्थ र जीवनलाई राम्रो बनाउने हो भने जीवनशैलीमा ठूलो परिर्वतन आवश्यक छैन, सानो परिर्वतन पनि हितकारी हुन्छ । बेलायतमा दक्षिण शियाका मानिसहरुको संस्कृतिलाई केन्दि्रत गरेर पहिलोपटक यो अध्ययन गरिएको बीबीसीले जनाएको छ । यो अध्ययनको अन्त्यमा विरामीको वजन मात्र कम भएन, हिपको आकार र कम्मरको नाप पनि घट्यो । यसका साथै परिक्षणको अन्त्यमा घर र्फकँदा डाइबिटीजको खतरा समेत कम भएको पाइएको छ । शोधकर्ताहरुका अनुसार खान-पान र कसरतसँग जोडिएको गतिविधिमा परिर्वतन ल्याउन जातीय पृष्ठभूमि र संस्कृतिले महत्वपूर्ण भूमिका खेलेको छ । दक्षिण एशियामा पारिवारिक जीवन र सँगै खाने बानीलाई निकै महत्व दिइन्छ । दक्षिण एशियाका मानिसहरु कम उमेरमै मोटोपनसँग सम्वन्धित समस्यामा पर्ने खतरामा छन् ।
पाकिस्तान र भारतीयमा टाइट टु डाइबिटीज हुने सम्भावना अन्य एशियालीमा भन्दा बढी हुने पाइएको छ । जव कि वजन र लम्बाईको अनुपात अन्य मुलका मानिसको जस्तै हुन्छ । तीन वर्षसम्म चलेको यो अध्ययनमा स्कटल्याण्डमा बस्ने पाकिस्तानी र भारतीय मूलका १ सय ७१ मानिसलाई समावेश गरिएको थियो । जसलाई पहिले नै डाइबिटीज हुने आशंका बढी थियो ।
Read More »

अर्जेन्टिना ले नाइजेरिया लाई ३-२ ले हरायो

Posted By BHL53 on Wednesday, June 25, 2014 0 comments
मेस्सी 
ब्राजिलमा खेलिरहेको बिस्व कप २०१४ फूटबल टुर्नामेन्ट मा बुधबारको  ग्रुप एफमा दुई खेल भएको थियो।
पहिलो सामनामा अर्जेन्टिना ले नाइजेरिया लाई ३-२ ले हराएको थियो। अर्को खेलमा बोस्निया हर्जोगोबिना ले इरान लाई  ३-१ ले पराजित गरेको थियो।
२ पटकको चम्पिओन अर्जेन्टिना ले ९ अंकको साथमा आफ्नो स्थान बनाएको छ। अर्को खेलमा बोस्निया जित गर्दागर्दै पनि खेल बाट बाहिरिएको छ। भने नाइजेरियाले एस समुहमा एक जित र एक बराबरी भै चार अंकको साथमा अन्तिम खेलमा स्थान बनायो। ।

एजेन्सी सहयोग  
Read More »

FIFA World Cup 2014: Honduras lost Shaqiri

Posted By BHL53 on Wednesday, June 25, 2014 0 comments
Switzerland's players celebrate

Jederan Shaqiri of Switzerland thanks to a hat-trick against Honduras in the group easily surpassed. Simultaneously, the Swiss team have confirmed their place in the last 16. All three goals were Shaqiri name. In the final 16 on Tuesday in Sao Paulo and Lionel Messi of Argentina will face Switzerland.
Shaqiri has fired his first goal in the sixth minute of the match. Then in the 31 th minute Shaqiri Josip Dermic the defenders of Honduras at the goalkeeper easily Ckaya took advantage of the mistake and gave the team a 2-0 lead.
Shaqiri half-time after his third goal and hat trick in the 71 th minute. Dermic Shaqiri leaving the Honduras defender Victor Brnardend Thamai the ball. Shaqiri has taken full advantage of this fantastic opportunity and completed his hat-trick.
Read More »

चम्चा सेक्स को लागि हानिकारक

Posted By BHL53 on Wednesday, June 25, 2014 0 comments

सेक्सका क्रममा बढी रोमान्स प्राप्त गर्ने हेतुले कतिपय अवस्थामा मानिसहरु अनेकन हरकत अपनाउन पछि पर्दैनन् । तर, कहिले–काँही मानिसका त्यस्ता हरकत उनीहरुका लागि खतरनाक समेत बन्न पुग्छ भन्ने कुराको ताजा उदाहरण अष्ट्रेलियामा हालैमा घटेको एक घटना बन्न पुगेको छ ।
अष्ट्रेलियाका एक ७० वर्षीय बृद्धले सेक्समा रोमान्सका लागि आफ्नो लिंगमा एक स्टीलको घरायसी काँटा (चम्चा) घुसाए । तर, रोमान्स परको कुरो, त्यही काँटा उनको लागि घातक सावित भयो ।
समाचारका अनुसार उक्त काँटा चम्चा उनको लिंगमा फस्न पुग्यो । बृद्धले काँटा बाहिर निकाल्न धेरै प्रयत्न गरे तर असफल भए । पीडाले उनको हालत नाजुक भयो ।
लगभग १२ घण्टासम्म ती बृद्ध पीडाले छट्पटिए । उनको लिंगबाट रगत बग्न थाल्यो ।
त्यसपछि उनीलाई क्यानबेरा अस्पताल पुर्‍याइयो, जहाँ चिकित्सकले बिना शल्यक्रिया नै उनको लिंगबाट काँटा बाहिर निकाले । -एजेन्सीको सहयोगमा । 
Read More »

फेसबूकमा कमेन्ट गर्दै गर्दैहुनुहुन्छ साबधान

Posted By BHL53 on Wednesday, June 25, 2014 0 comments
स्रोत : कान्तिपुर डट कम 

काठमाडौं, असार ११ - 'सप्तरीमा सुध्रँदो सुरक्षा' शीर्षकमा अखबारमा प्रकाशित समाचार फेसबुकमा पोस्ट भएपछि त्यसमा टिप्पणी गर्दा सप्तरी पोर्ताहका अब्दुल रहमान २० दिन थुनामा परे । उनको टिप्पणी थियो- 'के सुध्रिनु आफ्नै चोरिएको बाइक फिर्ता पाउन पैसा तिर्नुपर्‍यो । त्यो पनि ५० हजार ।' टिप्पणी गर्दा थुनिएको खबर सञ्चार माध्यममा आएपछि प्रहरी मुख्यालयदेखि न्यायालयसम्मको ध्यानाकर्षण भयो । अहिले उनी सामान्य धरौटीमा छुटेका छन् ।
निषेध गरिएको ठाउँबाट गृहमन्त्रीले बाटो काटेको तस्बिर फेसबुकमा पोस्ट गरिएपछि 'गोली हान्न पर्छ' लेख्ने गृहकै शाखा अधिकृत राजु साहमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाइएको थियो ।
पत्रकारद्वय दिनेश आचार्य र सुशील पन्त पनि यसअघिदेखि नै यही मुद्दा खेपिरहेका छन् । पन्त अखबारमा अरूले नै लेखेको समाचार फेसबुकमा पोस्ट गरेका कारण थुनिएका थिए । उनी थुना परेदेखि नै सुरु भएको अभिव्यक्तिमाथि विद्युतीय कारोबार ऐन लगाउन हुने कि नहुने भन्ने बहस रहमान थुनिएपछि झन् चर्किएको छ ।
'टीकाटिप्पणी गर्नेलाई विद्युतीय माध्यमबाट अपराध गर्नेविरुद्धकै कानुन लगाउनु अभिव्यक्ति स्वतन्त्रतामाथि हमला हो,' पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले भने ।
महानगरीय अपराध महाशाखाले चालू आर्थिक वर्षमै सामाजिक सञ्जालमार्फत अरूको चरित्रहत्या गर्ने १५ जनाविरुद्ध अनुसन्धान गरी मुद्दा चलाउन प्रक्रिया अघि बढाएको छ । काठमाडौं प्रहरी परिसरका डीएसपी रमेश बस्नेतका अनुसार सामाजिक सञ्जाल (खासगरी फेसबुक) दुरुपयोग गरी चरित्रहत्या भएका उजुरी बाक्लै आउन थालेका छन् । अधिकांश उजुरी युवतीको नाङ्गो तस्बिरमा अरू कसैको टाउको जोडेर सामाजिक सञ्जालमार्फत चरित्रहत्याको प्रयास भएको भन्ने छन् । युवायुवतीबीच राम्रै सम्बन्ध हुँदा खिचेका तस्बिर सम्बन्ध बिग्रेपछि सार्वजनिक गरेकामा पनि उजुरी पर्ने गरेका छन् ।
सामाजिक सञ्जालमा गरिएका टीकाटिप्पणीलाई पनि विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार मुद्दा चलाइँदै आएको छ । उक्त दफामा रोक लगाइएको सामग्री प्रकाशन, सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्ध, घृणा र द्वेष फैलाउने र जातजातिबीचको सद्भाव फैलाउने सामग्री प्रसारणलाई कसुर मानिएको छ । कसुरमा १ लाख रुपैयाँ जरिवाना, ५ वर्ष कैद वा दुवै सजाय हुन्छ ।
'यो कानुन फेसबुकमा गालीगलौज गर्नेलाई दण्डित गर्न बनाएकै होइन,' गाउँले भन्छन्, 'झिंगालाई तोप हानेर मार्ने सजाय भयो ।' उनका अनुसार विद्युतीय माध्यमबाट हुने कारोबार व्यवस्थित र सुरक्षित बनाउन ऐन ल्याइएको हो । प्रस्तावनामै 'विद्युतीय तथ्यांक आदानप्रदानको माध्यमलाई भरपर्दो र सुरक्षित बनाई विद्युतीय अभिलेख सिर्जना, उत्पादन र प्रशोधन सञ्चय, प्रवाह तथा सम्प्रेषण, सत्यता विश्वसनीयता र अखण्डता प्रमाणीकरण गर्न र विद्युतीय माध्यमलाई अनधिकृत प्रयोग वा गैरकानुनी परिवर्तन गर्ने कार्य नियन्त्रण गर्न बनाइएको' उल्लेख छ । प्रस्तावनाले बैंक, वित्तीय संस्था र तिनको कारोबार व्यवस्थित बनाउन जारी गरिएको स्पष्ट हुने उनले बताए ।  
विद्युतीय माध्यमबाट हुने आर्थिक कारोबार व्यवस्थित बनाउन तयार पारिएको कानुनलाई सञ्चार माध्यमको सम्पादकीय अन्तर्वस्तुका सामग्रीविरुद्ध प्रयोग गर्नु हदैसम्मको ज्यादती हो भन्ने उनको धारणा छ । अखबारमा छापिएको सामग्री फेसबुकमा पोस्ट नगरे अर्को ऐन र पोस्ट भएपछि विद्युतीय कारोबार ऐन प्रयोग भएको छ । यस्तै मुद्दा सुनुवाइ गर्ने अधिकार काठमाडौं जिल्ला अदालतमा भएकाले जहाँको कुरा भए पनि यहीं ल्याउन पर्ने अवस्था छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा साइबर क्राइमअन्तर्गत सबैभन्दा बढी सामाजिक सञ्जाल दुरुपयोगका उजुरी बढेको प्रवक्ता पीताम्बर अधिकारीले बताए । एसपी अधिकारीका अनुसार आपत्तिजनक गालीगलौजमा उत्रिने अधिकांश गलत पहिचान (फेक आईडी) बाट सामाजिक सञ्जालमा सक्रिय हुन्छन् । यस्तोमा सीआईबीले फेसबुकको सिंगापुरस्थित कार्यालयलाई त्यस्तो खाता निष्त्रिmय बनाइदिन अनुरोध गर्छ । सिंगापुरसँग आपसी कानुनी सहायता सम्झौता नभएकाले तिनलाई पहिचान र कारबाही गर्न नसकिएको अधिकारीले बताए ।
सामाजिक सञ्जालको दुरुपयोग र व्यक्तिको चरित्रहत्यालाई नियन्त्रण गर्न सरकारले छुट्टै कानुन बनाउनुपर्ने मिडिया अध्येताहरू बताउँछन् । प्रहरी, निजामती कर्मचारीलगायत सरकारी ओहोदामा रहनेका लागि सम्बद्ध संगठनले नै आचारसंहिता बनाउनु उपयुक्त हुने उनीहरूको सुझाव छ ।
फेसबुक प्रयोगकर्ता मुलुकभर भए पनि काठमाडौं जिल्ला अदालतको मात्र क्षेत्राधिकार हुने कानुन पनि काम नलाग्ने विज्ञहरूले बताए । महासंघका पूर्वअध्यक्ष गाउँले पछिल्लो समय देखिएका गल्तीमा प्रचलित गाली/बेइज्जती ऐन नै पर्याप्त भएको बताउँछन् । 'होइन भने पनि छलफल गरी अर्को कानुन बनाउन सकिन्छ,' उनले भने ।
Read More »

Tuesday, June 24, 2014

Daily Morning Awesomeness

Posted By BHL53 on Tuesday, June 24, 2014 0 comments

Indiebus illis , venire mobilium desktops iam maior numerus et telae mobilis superet multis usui esse praevidit proximam in lorem . Ergo mobile concludere licebit vincet sibique lorem ipsum. Lorem uti malint dicere LX % populi sunt maxime cum de mobilibus websites . Uidetur, accipiat pro SEO -familiaris , accumsan sit amet , committitur opus cum mobile websites , ut dociles, ut ipsum elit.
Upgraded questus numerus in dies crescit et dociles consilium websites ut ne opus separato mobile site. Praeterea , hoc signanter auget in users experientia , etiam ad commercium cum defecisset , et inde auctus dolor , adipiscing ut , non deficimus, a parva , una cum textu stituti sunt ardua , et, fractis consilium navigare .
Commodum huiusmodi usi consilio , quam eget enim mobile separata , manifestum est. Ut cum quaeritur, is rebus pluteisque amet eros Lorem ipsum pro omnibus diversa consilia. Multis users sunt in tabula, ut obvius vestri website .
Si vos have a website uaria duo : unum et alterum mobile desktop, qui recipit difficile repertu visitavit tabula Suspendisse Lorem velit ! In casu consilium dociles habes quod aliquis numerus imperium fere screen propono.
Suspendisse ipsum elit praevisum in futurum aetas , erit omnium pene necessarium incorporare dociles amet elit. Sic igitur patet, quod res per paucos annos velit websites ut vix possent aliter se habere websites Vestibulum si vis crescere attingere. Prius itaque quam alter novus ausus congredi consilium website, tamen utile , ut de sumptibus et beneficia risus urna , consilia, qui usum habent diversas conditiones.
Read More »
 

| MBT Church © 2015. All Rights Reserved | Template Style by MyBloggerTricks | Modyfi by Bishnu Lamsal | Back To Top |