Wednesday, November 6, 2013

सपना ,अधुरो, दसैँको टिका ,लेख

Posted By BHL53 on Wednesday, November 06, 2013 0 comments
सपना ,अधुरो, दसैँको टिका ,लेख

ज्ञान कार्की 'रमेश'

एक ठुलो अनि बहु पर्तिष्ठित कम्पनि बाट लगभग चार सालको अन्तरल यात्रा
पछि एक दुखको महासागर बाट छुटकरा नपाउदै अर्को नयाँ कम्पनीको खोजीले
मलाई सारजाह छाडेर दुबाई आउने अवसर मिल्यो l
जुन मेरो लागि धेरै चुनौती पूर्ण बन्न पुग्यो चार साल सम्म संगै काम गरेका सहकर्मी
साथीहरु छाडेर आउनुको पिडा अर्कै थियो मान्छे भए पछि जस्तो सुकै अवस्था परि आएपनि

संघर्ष गर्नु नै पर्दो रहेछ मेरो लागि काम र दाम दुबै अनि ड्युटी समय पनि मिलेको थियो पहिलाको
अनुपातमा राम्रो थियो र त् म अर्को ठाउँमा फड्किए बिहानै उठ निन्द्रा नपुदै उठेर आँखा मिच्दै ड्युटी
जा अनि साँझ ढल्छ कोठामा आइज यो मेरो मात्र हैन आम प्रबासी दाजु भाई तथा दिदि बहिनीहरुको बेथा हो मेरो पनि तेस्तै एक दैनिकी नै भैसकेको थियो ll सोची ल्याउदा धेरै दुख लागेर आउँछ प्राबसले जवानीको शक्ति लुटिरहेको छ हामी प्रबासीहरु घर परिवार बाट धेरै टाढा रहेर तिनै परिवारको भबिष्य मरुभूमिका कणहरुमा रगत र पसिना बगउदै बिदेशीको रुखो बचनलाई पैतालाले किचेर बाँच्नु भन्दा अर्को कुनै बैकल्पिक उपायनै छैन चाहेर पनि हामी प्रबाशी हरु आफ्नो घर जना सकिरहेका हुदैनौ हामीलाई पिडा माथि पिडा थप्न आइरहेको छ महान चाड बिजयदशमी, भन्ने हरुले त भन्छन दशैँपनि आयो कस्तो बिडम्बना ? खै कहाँ आयो दशैँ यो गधा पुज्ने मुस्लिम कन्ट्रीमा अनि आफ्नै मात्र स्वर्थो बोकेर हिड्ने यो बाक्लो बस्तीमा? एकजन साथी दशैँ बिदामा घर जानु हुने भयो छुटी भएकोले उहालाई एर्पोटसम्म छाड्नको लागि म पनि गएको थिए उहाँलाई छाडेर कोठा फर्किदा साह्रै नरमाइलो लागेर आयो ll कोठामा आए नेपाली साथीहरु हुनुहुन्न थियो म संग संगै बस्ने भएको बिदेशी साथी पनि बाहिर गएको रहेछ कतै मलाई मन थाम्न झन् गाह्रो भयो म मरुभूमिमा एक्लै भएको महसुस लाग्यो र म ढोका बन्द गरेर सुते मनमा कुरा खेलाउदै जाँदा म गाउँ घरमा पुगेछु मनभरी खुशी र उमङ्ग बोकेर गएको म मेरी सानी र बुढी आमलाई हिजो मात्र भनेको थिए यसपाली पनि आउन पाउदिन भनेर उहांहरु मलाई देखेर खुशी हुँदै घरको चारकोसे आगनको सुरमा अंगालोमा आइपुग्नु भयो बुढी आमले खुशीका आँशु झार्दै हुनुहुन्थियो, उता भाई बहिनि भन्दै थिए ढटुवा दाई,
म घर भित्र नछिर्दै दशैको को लागि छुट्याइएको सिगारे खसि, टाट्नो बाट फुकेर बुरुक बुरुक नाच्दै मेरै छेउमा आएर मेरो खुट्टामा चाटेर बारीतिर बुर्कुशी मारेको दिर्श्य हेरेर म दङ्ग थिए जताततै खुसीका लहर हरुथिए फूलपातीकोदिन भएर होला घरमाथि मूलबाटोमा लगाएको लिंगे पिंगको फुर्कहरु हलिएको दिर्श्य देखिन्थियो मौसम उस्तै रमणीय थियो भोलि पल्ट महाष्टमी दुर्गा भवानीको पुजा गर्ने दिन आमले खान, खान बोलाउनु भयो उहाँले सुनाउदै बेली विस्तार लगाउदै हुनुहुन्थियो धेरै साल पछि घर उज्यालो हुने भयो भनेर l बिहे गरेर एक चोटी पनि मेरी सानी संग, संगै दशैँ मनाउन नपाएको मैले यसपाली भने मेरी सानु संगै भइयो सानु मनमनै दङ्ग थिइन् उनि मलाई सिदा नजर लगाएर पनि हेर्न सकिरहेकी थिइनन उनको मुहारमा खुशीको सिमानै थिएन हुन सक्छ हामी दुबै बिबाह भएर धेरै समय नबसेको कारणले मेरी सानु लजाएको हुनु पर्छ मेरो अनुमान थियो, बास्तमा खुशी खुशी नै हुदो रहेछ धेरै वर्षा पछि मैले जुन खुशी पाएको छु l बारीमा लहलह कोदो खेतमा धानका बालाहरु संगै म कतै हराइरहेको थिए एक प्रबाशिलाई यो भन्दा बढी खुशी के नै मिल्न सक्छ र ?
उज्यालो भयो भोलि पल्टा दुर्गामाता भवानीको पुजा गर्ने दिन महाष्टमी हाम्रो संस्कार अनि परम्परा अनुसार अष्टमी पुजा समापन गरि बिजय दशमी टिका र जमराको पर्तिक्षा गर्दै, महानहमी को दिन जन्मी हुर्केको गाउँ साथीभाई भेटघाटमै ब्यस्त रहयो दिन भोलिपल्टा टिका को दिन खान खाएर बिस्तार मा पल्टिए सबै आ आफ्नो धन्दामा ब्यस्त थिए, भोलि टिका भन्दै ममा खुशीको सिमानै थिएन नहोस पनि कसरि धेरै साल पछिको साइत्को टिका मनमा कुरा खेलाउदै म् झकाएछु l
कस्तो मिठो सपना हिजो दिनभरी मानसिक पीडाले थाकेको म् बिहान हुन लागेको रहेछ कानमा कता कता घन्टी को आवाज गुन्जिन थाल्यो मेरा आँखा खुलेकै छैनन् कानले भने सुनेको झैँ लागेको छ मेरी आमको पुजा पाठ गर्ने बानी बुढेसकालमा पनि गरिनै रहनु भएको छ अझै पनि छाड्नु भएको रहेनछ यस्तै यस्तै सोच्दै थिए घन्टी झन् झन् चर्केर बज्न थाल्यो एक्कासी झसङ्ग भएर म् बिउझिए एकछिन त् म् कहाँ छु आफैलाई अड्कल भएन आमको हातको दशैको टिका जमरा लगाउने सपना पुरा नहुँदा साथीलाई धेरै गाली गरे प्रबासिको सपना यो प्रबाशमा बसेर कहिले पुरा हुदैन जस्तो लाग्यो सपना सपना नै हुदो रहेछ, सपना सपनामा पनि पुरा हुदो रहेनछ ll

नेपाली हरुको महान चाड बिजय दशमीको
हार्दिक मंगलमय शुभकामान देश प्रदेश जहाँ रहे पनि
हाँसी खुशी रहनु होला यहि छ शुभकामान !!!!!
कस्तो लाग्यो मेरो कथा पर्तिकिर्य को आशमा रहने छु

ज्ञान कार्की 'रमेश'
दलगाउँ ३ भोजपुर हाल दुबाई  स्रोत :फेसबुक 



Read More »
 

| MBT Church © 2015. All Rights Reserved | Template Style by MyBloggerTricks | Modyfi by Bishnu Lamsal | Back To Top |