Wednesday, January 30, 2013

यत्र-तत्र फालिएका निर्दोष शिशुहरूको मृत शवहरू । यो फोटो देख्नासाथ मेरो मुटु नै थर्किन्छ .

Posted By BHL53 on Wednesday, January 30, 2013 0 comments

यत्र-तत्र फालिएका निर्दोष शिशुहरूको मृत शवहरू  । 


यो फोटो देख्नासाथ मेरो मुटु नै थर्किन्छ र कता कता डर लागे झैं हुन्छ, 
अनि एक्कासी आङ स्रिङङ भएर आउँछ । सायद् यो भयानक तस्बिरमा
 यत्र-तत्र फालिएका निर्दोष शिशुहरूको मृत शवहरूले होला । 
आमा भनेको त भगवानको दोस्रो रुप हो तर आमाले नै यस्तो घृणित
 र अमानबीय कार्य गरेपछी मानब जाति कसरी र कहाँ सुरक्षित हुन 
सक्ला र खै आखिर, मानिस किन यति निर्दइ र कठोर हुन्छ आफ्नै 
कोख्मा आफ्नै खुन र हाडले बनेका आफ्नै नाबालकलाई यसरी फोहोरको 
डङगुरमा फाल्दा अलिकति पनि माया नपलाउने कस्तो निस्ठुरी ती आमहरू 
हाम्रा बाबा आमाले हामीहरूलाई सकुसल र भर्पुर मयाका साथ हुर्काए, बढाए
 भने हामी चैं किन यस्तो दानबरुपी ब्यवहार गर्दै छौं आफ्नै सन्तान माथी । 
यदि हामीलाई पनि हाम्रा बाबा आमाले यस्तै गरी फोहोरको डङगुरमा फाल्दिएको 
भए आज यो सुन्दर संसारमा प्रबेश गर्ने थिएनौं ।
आउनुस संगै हातेमालो गरेर यस्ता सामाजिक अपराधहरुलाई जरैबाट उन्मुलन गरौं ।
त्यसैले.....प्रत्येक नेपालीको फेसबूकमा यो फोटो पुग्नु आवस्यक छ
show more details.......
Read More »

Tuesday, January 29, 2013

Meri Bassai 29 January 3013

Posted By BHL53 on Tuesday, January 29, 2013 0 comments
Meri Bassai Part 1

 Meri Bassai Part 2

Meri Bassai Part 3


Meri Bassai Part 4


Read More »

आगो ताप्ने क्रममा जलेर एक युवति घाइते

Posted By BHL53 on Tuesday, January 29, 2013 0 comments

आगो ताप्ने क्रममा जलेर एक युवति घाइते


चितवन,माघ १७ । आगो ताप्ने क्रममा आफ्नै शरिरमा आगो सल्कीँदा एक युवति घाइते भएकी छन् । पुर्वी चितवनको पदमपुर ८ घर भएकी २२ वर्षिया युवती कौशिला परियार आगोले जलेर घाइते भएकी हुन् । राती पौने २ बजेको समयमा गैंडाकोट ५ स्थित विष्णु प्रसाद उपाध्यायको घर बाहिर आगो ताप्ने क्रममा आफ्नै शरिरमा आगो सल्किदा परियार घाइते भएकी हुन् । घाइते परियारको भरतपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । केही दिन देखि घर छोडेर परियार गैडाकोटमा बेवारिसे अवस्थामा बस्दै आएको गैंडाकोट प्रहरीले जनाएको छ ।

Read More »

आफ्नो अमुल्य सल्लाह, सुझाब तथा प्रतिक्रिया दिएर थप गजल तथा सायरीहरु प्रकाशित गर्न उत्प्रेरित गर्नुहोला.।

Posted By BHL53 on Tuesday, January 29, 2013 0 comments
आफ्नो अमुल्य सल्लाह, सुझाब तथा  प्रतिक्रिया दिएर थप गजल तथा सायरीहरु  प्रकाशित गर्न उत्प्रेरित गर्नुहोला.। 
 भगवान बुद्धको जीवनमा केहिकुराहरूले महत्त्वपुर्ण स्थान लिएको पाईन्छ। ति के के हुन्?

उत्तरः
1. बुद्ध जन्मने वित्तिकै सात पाईला हिडेका थिए।
2. बुद्ध जन्मेको सात दिनमा उनकी आमाको निधन भएको थियो।
3. बुद्धले छोरा राजकुमार राहुल जन्मेको सात दिन पछि गृहत्याग गरेका थिए।
4. बुद्धको छोरा राजकुमार राहुल सात वर्षको हुँदा बुद्धसँग अंश माग्न पठाइएको थियो।
5. उत्तरमाण नामक व्राम्हणले बुद्दको शरीरमा 32 लक्षण छन् कि छैनन् भनी जाँच गर्न सात महिनासम्म चियोचर्चो गरेका थिए।
6. बुद्ध वोधिज्ञान प्राप्त भएपछि सात हप्तासम्म बोधिसत्य ज्ञानको आनन्दमा लिन भएका थिए।
Read More »

भुगोल (Geography) सम्बन्धी केही रोचक तथ्य | Importance Tips

Posted By BHL53 on Tuesday, January 29, 2013 0 comments
भुगोल (Geography) सम्बन्धी केही रोचक तथ्य

@ अन्टार्टिकामा पानी यति चिसो छ कि त्यहाको पानीमा भएको कुनै पनि चिज सड्ने गल्ने हुँदैन ।
@ यदि अन्टार्टिकामा जमेको सबै बर्फ पग्लने हो भने संसारको सबै समुद्रहरुमा ६० देखी ६५ मिटर अर्थात २०० देखी २१० फुट सम्म पानीले भरिनेछ ।
@ अहिले सम्मको रिकर्ड गरिएको अन्टार्टिकाको सबै भन्दा बढी तापमान ३ डिग्री फरेनहाईट हो ।
@ एक औसत हिमश्रिन्खला (Ice berg) को वजन लगभग २ करोड टन हुन्छ ।
@ विश्वको सबै बन क्षत्र मध्य २५% भन्दा पनि धेरै भाग साइबेरियामा पर्छ ।
@ टैक्सासको होस्टन नगर धसान (दलदल) माथी बसेको छ र यो बिस्तारै बिस्तारै तल धसेर गईरहेको छ ।
@ समुद्रको एक घन मिल (One cubic mile) पानीमा लगभग ५० पौण्ड सुन घुलेको हुन्छ ।
@ संसारमा प्रति बर्ष ५०,००० भन्दा बढी भुकम्प आउने गर्छ ।
@ अमेरिकाको State of Florida पुरै इंग्लैंड भन्दा पनि ठुलो छ ।
@ अमेरिकाको Mammoth Cave System संसारकै सबै भन्दा गहिरो खाडलको जुन ६०,००० मिटर गहिरो छ ।
@ इजराइलको मृत सागर समुद्र सतह भन्दा १३१२ फुट तल छ ।
@ युरोप एक मात्र यस्तो महाद्विप हो जहाँ कुनै मरुभुमी छैन ।
@ चन्द्रमा तपाईंको टाउकोको ठीक माथि आई पर्दा उसको गुरुत्वआकर्षणको कारण तपाईंको वजन थोरै काम हुन पुग्छ ।
@ एउटा ज्वालामुखीले आफ्नो ज्वाला करिब ५०,००० किलोमिटर सम्म पर फ्याक्नसक्ने क्षमता राख्छ ।
@ Pacific Ocean मा संसारकै सबै भन्दा गहिरो ठाउँ Mariana Trench को जुन ३५,७९७ फिट (१०,९११ मिटर) गहिरो छ, यो विश्वको सबै भन्दा अग्लो हाम्रो सगरमाथाको उचाइ भन्दा पनि गहिरो हो ।
@ विश्वको सबै भन्दा होचो Mountain Mount Wycheproof in Victoria अस्ट्रेलियामा छ जुन मैदान भन्दा मात्र १४० फिट अग्लो छ ।
@ विश्वको सबै भन्दा ठुलो Island Greenland हो जुन २१३१६०० किलोमिटर फैलिएको छ । यो लम्बाइ विश्वको दोस्रो ठुलो Island भन्दा तीन गुना ठुलो हो । दोस्रो ठुलो Island New Guinea ७९०००० किलोमिटर लम्बाइको छ ।
Read More »

ब्यारेकबाट निस्केर सैनिकले अकारण गाउँले कुटे

Posted By BHL53 on Tuesday, January 29, 2013 0 comments
ब्यारेकबाट निस्केर सैनिकले अकारण गाउँले कुटे




ब्यारेकबाट निस्केर सैनिकले अकारण गाउँले कुटे


-Bishnu lamsal Ismaran
काठमाडौं, १७ माघ । सुन्दरीजलस्थित सिंहनाथ गण सैनिक ब्यारेकका सैनिकले स्थानीयवासीलाई कुटपिट गर्दा एक प्रहरीसहित १७ जनाभन्दा धेरै घाइते भएका छन् । रक्सीले मात्तिएका चारजना सैनिकले भट्टी पसलेको पैसा तिर्न नमानेपछि सुरु भएको विवाद कुटपिटमा बदलिएको हो ।
कुटपिटका कारण महानगरीय प्रहरी प्रभाग सुन्दरीजलका सई लीलाराज श्रेष्ठसहित १७ भन्दा धेरै घाइते भएका छन् । घाइतेको जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ । झगडाको सुरुआत विमल श्रेष्ठको भट्टी पसलबाट भएको हो ।
स्थानीय माधव पराजुलीका अनुसार गणका चारजना जवान सदाभैँm मंगलबार पनि विमलको भट्टी पसलमा रक्सी पिउन पुगेका थिए । पाँच बजे नै भट्टी छिरेका चारै जनाले जानासाथ रक्सी पिउन थाले । सुरुमा राम्रै व्यवहार देखाएपनि रक्सीले मात्दै गएपछि अश्लील शब्द बोल्न सुरु गरेको पराजुलीले बताए । भट्टीमा आएका अन्य ग्राहकलाई पनि धम्क्याउन सुरु गरेका उनीहरूले भट्टी पसल्नीतर्फ संकेत गर्दै अश्लील हाउभाउ गर्न लागे ।
अति भएपछि भट्टी पसलेले उनीहरूलाई जान अनुरोध गरे । निक्कै बेरको आग्रहपछि भट्टीबाट निस्किए तर पैसा भने तिर्न मानेनन् । पैसा माग्दा उल्टै थर्काउन लागे । पसले र उनीहरूबीच केही बेर भनाभन भयो । भट्टीमा स्थानीयको भिड लाग्न थालेपछि ‘तिमीहरूलाई देखाइदिन्छु’ भन्दै चारजना ब्यारेकभित्र छिरे ।
केही समयपछि ब्यारेकबाट सेनाको हुल नै निस्कियो । सैनिकहरू गाउँलेमाथि अन्धाधुन्द कुटपिटमा उत्रिए । स्थानीय पराजुलीले भने, ‘ब्यारेकबाट निस्किएका सेना गाउँ पसे, भेटे जति सबैलाई कुटपिट गरे, त्यसमध्ये एक परिवारका त सबै घाइते भएका छन् ।’
सेना एक्कासी कुटपिटमा उत्रिएपछि स्थानीयवासीबीच ज्यान जोगाउन भागभाग मच्चिएको थियो । पराजुलीले भने, ‘कुट्न नपाएको झोकमा सैनिकहरूले पसलका सामग्रीसमेत अन्धाधुन्ध तबरले मिल्काउन सुरु गरे ।’
ब्यारेकबाट बहिरएका सैनिकले गाउँले कुटपिट गरेपछि रोक्न पुगेका प्रहरीलाई समेत उनीहरूले कुटपिट गरेका थिए । कुटपिटबाट सई श्रेष्ठ घाइते भएका हुन् । महानगरीय प्रहरी प्रभाग बौद्धका डिएसपी मनोज केसीका अनुसार श्रेष्ठको अनुहारमा चोट लागेको छ । उनले भने, ‘सैनिक कुटपिटमा उत्रिएका छन्, किन यस्तो भयो बुझ्न सकिएको छैन, अनुसन्धानपछि मात्रै सम्पूर्ण विवरण भन्न सकिएला ।’
पराजुलीका अनुसार सुन्दरीजलका स्थानीय सैनिक ज्यादति भएको भन्दै मंगलबार बेलुका सडकमा
Read More »

अन्तिम प्रश्न ! (कथा जीन्दगीको )

Posted By BHL53 on Tuesday, January 29, 2013 0 comments
अन्तिम प्रश्न ! (कथा जीन्दगीको )    
आमा म रात्री भोज मा गए ,त्यति खेर
तिमीले दिएको साबधानी मलाई
संझना थियो । तिमीले मलाई
रक्सी नखाउ
भन्यौ, त्यसैले आमा मैले सोडा, केवल
सोडा पिए । म आफै मा खुशी भए,
किनकी मैल े तिम्रो बाचा पुरा गरे ।
मैले
पिएर गाडि चलाईन जबकी सबै
साथीहरु
मलाई पिउन को लागी जोड गरेका थिए

मलाई थाह छ , मैले सहि निर्णय
लिएको थिए ।
आमा मलाई थाह थियो , तिमी मलाई जे
भन्छौ ंमेरै भलो को लागी त भन्छ्यौं ।
अब
रात्री भोजको लगभग अन्त्य भयो र
सबैजना आ- आफ्नो घर तिर जान लागे ।
पनि प्रफुल्ल मुद्रा मा घर
जानको लागी मेरो गाडिमा बसे
किनकी मलाई तिमीले हरेक समय
प्रफुल्ल
हुन सिकाएकी थियौं ।मैले
गाडि चलाउन के
सुरु गरेको थिए , म बाटो बाट बाहिरिए

अर्को गाडिले मलाई देखेनछ क्यारे ,
मेरो गाडि माथी पहाड
खसेसरी बजारियो, त्यो गाडि । म त
बाटो को किनारमा उछिट्टिएछु
अनि बिस्तारै पुलिस को आवाज
सुन्छु,
बेहोसिमा, पुलिस अगाडि भन्छ ,
त्यो अर्को मान्छे ले
रक्सी पिएको थियो ।
आमा अैले मैले
त्यस्को भुक्तानि तिर्दैछु ।
आमा म अैले सडकमा मरिरहेछु ,
मेरो चाहना केवल तिमीलाई एक
चोटि भेट्न पाए । आमा मलाई किन
यस्तो भयो ? किन मेरो जीवन बेलुन
फुटे
सरी भयो आमा ? मेरो वरी परि रगतै
रगत
मात्र देख्छु र सबै जसो मेरै हो ।
यहा मेरो नजिकै
भएको परिचारीका बाट
म सुन्छु , म केहि बेरमै मृत्यु बरण गर्दैछु

आमा, म तिमी फेरी पनि कसम खान्छु,
मैले
तिम्रो बाचा पुरा गरे, मैले
कत्ति पनि पिईन । सबैजना ले
पिए ,उनिहरुले सोच्दै नसोचि पिए ।
मलाई
जस्ले हान्यो ,उ
पनि त्यहि रात्री भोजमा थियो ,
केवल
फरक छ उसले पियो र म मर्दै छु ।
आमा, मान्छे ले किन पिउछन ? जव
यसले
सारा जीवन नै सिद्दयाउन सक्छ भने !
आमा मलाई दुखाई बढ्दै छ । हरेको पल
चक्कुले मेरो सरीर टुक्रा टुक्रा पारिरहे
जस्तो भएको छ मलाई । त्यो मान्छे
जसको गाडिले मलाई हान्यो,मेरै सामु
निर्धक्क हिडिराखेको छ ।
आमा ! यो त उचित न्याय भयन नि ,
त्यस्तो लाग्दैन तिमीलाई । म
यहा मरिराखेको छु, उ केवल मलाई हेर्न
मात्र सक्छ ।
मेरो भाई मलाई संझेर रोला,नरुनु
भनि दिनु होला,
बाबालाई साहसी हुन हौंसला दिनुहोला ।
जब म स्वर्गमा पुग्छु , अनि जब म
स्वर्गमा पुग्छु,मेरो बाबा आमा को यो प्यारो छोरालाई,चिहान
मा पुरी दिनुहोला । कमसेकम कसैले
उसलाई
पिएर गाडि चलाउन हुन्न भनेर
संझाईदिएको भए पनि त म अझै
पनि बाच्ने
थिए । मेरो सास
छोटो छोटो भईराखेको छ , आमा ।मलाई
एकदैमे डर लागिरहेको छ , आमा ।
आमा मेरो लागी कहिल्यै पनि नरुनु है ।
मलाई जब जब
तिम्रो खाचो थियो तिमी सधै म संगै
थियौं , आमा, जीउन लाई पो साथ
चहिने
रहेछ, मर्न त एक्लै पनि मरिने रहेछ
नि ।
आमा म मेरो मृत्यु लोक मा जादा जादै,
तिमी लाई एउटा अन्तिम प्रश्न राख्न
चाहन्छु , मैले तिमीले भनेझै नपिएर नै
चलाए
तर म नै किन मर्नु पर्यो ?

~राजिव "बसन्त"
Read More »

जंगली हात्तीले आक्रमण (भिडियो सहित )

Posted By BHL53 on Tuesday, January 29, 2013 0 comments
           इटहरी,माघ १७ । जंगली हात्तीले आक्रमण गर्दा सुनसरी हरिपुर ३ की भोलियादेवी मुखियाको ज्यान गएको छ । बुधबार बिहान २ बजे हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै ज्यान गएको हो ।
हात्ती गाउँ पसेको थाहा पाएपछि त्यसलाई धपाउन घर बाहिर निस्कदा हात्तीले आक्रमण गरेको हो । ५५ वर्षीय मुखियाको हात्ती आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।  कोशी टप्पु बन्यजन्तु आरक्षणबाट गाउँ पसेका हात्तीले मान्छेलाई आक्रमण गर्ने गरेका छन् ।
Read More »

Hayashi - Britain's Got Talent 2010 - Auditions Week 4

Posted By BHL53 on Tuesday, January 29, 2013 0 comments
Read More »

child dancing

Posted By BHL53 on Tuesday, January 29, 2013 0 comments
Two Awesome Dancing Kids यती सानो कलिलो बालक को हेर्नु होस् त पर्तिभा तपाई पनि अच्चम्म मा पर्नु भयो भने एक पटक आफ्नो वाल मा SHARE गरेर आफ्नो आफन्त र साथी भाइ लाइ देखाउन न बिर्सनु होला
LIKE SHARE COMMENTS TAG PLEASEfor more details (click vedios)

Read More »

Rashifal Dainick

Posted By BHL53 on Tuesday, January 29, 2013 0 comments
तपाईंको आजको राशिफल
ㅡㅡㅡㅡㅡㅡㅡㅡ
आज २०६९ साल माघ १७ गते बुधवार,
तृतीया।
मेष (चू चे चो ला ली लु ले लो अ)
समयको सही सदुपयोगले
आकांक्षाको पुर्ती गराउनेछ।
उत्तेजनामा आएर कुनै पनि कार्य नगर्नु
होला। सन्तान प्रतिको चिन्ता बढ्नेछ।
बाद-बिबाद तथा कुनै झगडा हुन सक्ने
देखिन्छ।
वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
कार्यक्षेत्रको स्पष्टताले
तपाईंको प्रगतिमा सहयोग पुराउनेछ।
क्रोध तथा हतारमा कार्य नगरि बिबेकले
कार्य गर्नु नै उचित देखिन्छ।
मिथुन (का कि कु घ ङ छ के को हा)
स्वास्थ्यमा लापरबाही नगर्नु होला।
आर्थिक लाभको योग देखिन्छ।
आफ्नो ब्यापारिक क्षेत्रलाई
अगाडि बढाउने अवसर मिल्नेछ।
प्रतिष्ठित ब्याकती सँगको संपर्क बढ्नेछ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
कृषिक्षेत्रमा लाभदायी परिवर्तनको योग
बन्नेछ। शुभचिन्तकको मार्ग दर्शनले
तपाईंको समस्याको हले मिल्नेछ। ईश्वर
प्रती आस्था बढ्नेछ।
सिंह (मा मि मू मे मो टा टी टु टे)
महत्वपूर्ण काममा लगाब राख्नु पर्ने
देखिन्छ। ब्यापारमा राम्रै उन्नती हुने
देखिन्छ। पारिवारिक
समस्या माथि निक्कै ध्यान दिनु पर्ने छ।
धन लाभ हुने हुँदा मन खुशी रहनेछ।
कन्या (टो प पी पु ष ण ठ पे मो)
वृद्ध ब्याक्ती स्वास्थ्यमा ध्यान दिनु
पर्नेछ। रचनात्मक कार्य हुनेछ। मित्र
सहयोगबाट पूर्ण लाभ हुनेछ। इच्छित सोच
पुर्ती हुने देखिन्छ।
तुला (र री रु रे रो ता ती तू ते)
कुनै कार्यमा आकस्मिक लाभ
प्राप्तीको योग बन्नेछ।
रोजगारमा परिवर्तनको सम्भावना रहेकोछ।
हर क्षेत्रमा सम्मानको यश मिल्नेछ।
वृश्चिक (तो ना नी नू ने नो या यि यु)
आवास सम्बन्धी समस्या आउन सक्नेछ।
अती उत्साहित बनेर कार्य
गर्दा हानी हुने देखिन्छ। सामाजिक
सम्मानमा कमी आउनेछ। ब्यापारिक
निर्णय निक्कै सोच बिचार गरेर लिनु
होला।
धनु (य यो भा भी भू ध फा ढ भे)
न्यान सम्बन्धी मामलामा सफलता मिल्ने
योग कमी देखिन्छ।
प्रभावशाली ब्याक्तिको कारण
तपाईंको कार्यमा केही सुधार आउनेछ।
ब्यापारमा आशातित सफलता मिल्नेछ।
बोली माथि निक्कै नियन्त्रण राख्नु
आवश्यक देखिन्छ।
मकर (जो जा जी खी खू खे खो गा गी)
थोरै प्रयास गरेमा रोकिएको पैसा मिल्ने
देखिन्छ। आज तपाईंको योजना निकै
गोपनियता राख्नु आवश्यक देखिन्छ।
आर्थिक स्थितिमा केही समस्या आउने छ।
कार्यक्षेत्रमा आशातित सफलता मिल्नेछ।
कुम्भ (गू गे गो सा सी सु से सो द)
कार्य बिस्तारको निम्ती निक्कै अनुकुल
बातावरण देखिन्छ। पुरुषार्थको प्रतिफल
मिल्नेछ। परिवारमा सुख शान्ती रहनेछ।
अध्ध्यन प्रती रुची बढ्नेछ।
मीन (दि दू थ भ ञ दे दो चा ची)
प्रतिष्ठित ब्याक्ती सँग को भेटघाटले
आर्थिक लाभमा बृदि हुनेछ। कार्यमा आफ्नै
सानो प्रयासले पनि सफलता मिल्नेछ।
तपाईंको कार्यलयको कार्यमा पनि जीवन
साथीबाट सहयोग मिल्नेछ।
आजको राशिफलले जे-जस्तो भने
तपाईंको हरेक पल सुख शान्ती र
सफलता पुर्वक बितोस
भनी कामना गर्दछौ ।
Read More »

फाट्यो रुमाल धुदा | शरण सागर

Posted By BHL53 on Tuesday, January 29, 2013 0 comments

Read More »

Hamro prem ko katha by Karna Das share by ismaran lamsal bishnu

Posted By BHL53 on Tuesday, January 29, 2013 0 comments

Read More »

तिमि के गयौ जीबन लीएर गयौ | गजल अविरल

Posted By BHL53 on Tuesday, January 29, 2013 0 comments
तिमि के गयौ जीबन लीएर गयौ।
मेरा सपनाका रंगहरु , हर खुशी लिएर गयौ।
दिएर गयौ तड्पहता, जगाउन लाई रातभर।
मेरो मुस्कान हरु, मेरो हाँसो लिएर गयौ।
दुवै आँखामा छायो अँध्यारो पन।
गयौ कता गयौ दीयो बाट रोशनी लिएर गयौ।
लिएर गयौ मेरो रंग बाट सुवाश तिमि।
मेरा दिनहरु बाट समय लिएर गयौ।
बसी रहे आउने बाटो हेरी तिम्रो।
मेरो पर्खाई बाट मिलन लियर गयौ।
यसरी  बित्दै छन् तिमि बिना मेरॊ यी दिनहरु।
मेरा हरेक पलहरु बाट समयको धारा लियर गयौ।
प्रतिकृया को आसा राख्दै बिदा लिन्छु धन्यवाद !!!
Read More »

तप्प-तप्प जलबिन्दु चुहाएर के निस्कियौ

Posted By BHL53 on Tuesday, January 29, 2013 1 comments













तप्प-तप्प जलबिन्दु चुहाएर के निस्कियौ
स्नीग्ध कञ्चन कोमल अहा ! नुहाएर के निस्कियौ
भाग्यमानी रै'छ साबुन फिँजैफिँज भै बरालियो
जुन साबुनलाई अङ्ग-अङ्ग छुहाएर के निस्कियौ
पानी पनि आगो बन्छ कामदेवको आशिष पाउँदा
जुन पानीमा यस्तो रूप डुबाएर के निस्कियौ
घामको कुरा नगरौँ भो टाँसियो घाम त्यै लुगामा
जुन लुगालाई भर्खर तिम्ले सुकाएर के निस्कियौ
त्यै गाँठोमा गाँठो पार प्रकटलाई ओ ! रूपसी
जुन गाँठोमा कोमल अङ्ग लुकाएर के निस्कियौ
Read More »

I LOVE YOU.

Posted By BHL53 on Tuesday, January 29, 2013 0 comments
म अंग्रेजी जान्दिन
तर पनि म
तिमीलाई भन्न सक्छु I LOVE YOU.

म भूगोल जान्दिन
तर पनि म
तिमीलाई भन्न सक्छु "तिमि मेरो मुटुमा बस्छौ"

म इतिहास जान्दिन
तर पनि म
तिमीलाई पहिलो पटक देखेको सम्झिन सक्छु

म रसाइनशास्त्र जान्दिन
तर पनि म
तिम्रो मुस्कानको प्रतिक्रिया भन्न सक्छु

म भौतिक बिज्ञान जान्दिन
तर पनि म
तिमीलाई देखेर मेरा आँखाहरु बाट निस्कने चमक को घनत्व बताउन सक्छु

म कुनै बिषयहरु पनि जान्दिन
तर पनि म यति भन्न सक्छु कि
म सबै बिषयहरु पास गर्न सक्छु
यदि मेरो शिर्षक "तिमि " भयौ भने ** प्रिया ***

Read More »

बेहोसी पछि त होसमा आउदा क्या दामी भो नेपालि गजल

Posted By BHL53 on Tuesday, January 29, 2013 0 comments



























नेपाली कविता र गजल को प्रचार गर्ने क्रममा हामीले नेपाली गजलको भिडियो प्रस्तुत गरेका छौ। यो नेपाली गजलका गायक शिव परीयार हुन्। यो नेपालि गजल को बोल हो 'क्या दामी भो' र यो नेपालि गजल मार्फत शिव परियार ले नेपाली गजल मनपराउने नेपाली गजल प्रेमीहरुको मन जित्न सफल भएका छन्। यो नेपालि गजल हेरेर आनन्द लिनुहोस् र तपाइका मनमा लागेका बिचार हरु हामीसित सेयर गर्नुहोस।   
Read More »

हिजो हास्न सिकायौ आज रुन सिकायौ !

Posted By BHL53 on Tuesday, January 29, 2013 0 comments

◈☻◈☻◈☻◈☻◈☻◈☻◈☻◈☻◈☻◈☻◈☻◈☻☻
░█░░░█░█░▄▀░█▀▀░░░░▀█▀░█░█░█░▄▀▀░ ░█░░░█░█▀░░░█▀░░▄▄░░█░░█▀█░█░░▀▄░ ░█▄▄░█░█░▀▄░█▄▄░░░░░█░░█░█░█░▄▄▀░ ◈☻◈☻◈☻◈☻◈☻◈☻◈☻◈☻◈☻◈☻◈☻◈☻☻
Read More »

♥♥ सबै मायामा स्वार्थ हुदैन त्याग र बलिदान पनि हुन्छ ♥♥

Posted By BHL53 on Tuesday, January 29, 2013 0 comments
(() दुइ जना केटा र केटि bikeमा गईरहेका थिए bike १०० भन्दा बढीको स्पीड मा थियो
Girl: अलि बिस्तारो हाक न मलाई कस्तो डर लागिरहेछ
boy: अह ! क्या मज्जा भईरहेको छ
Girl: हैन हैन .. Please, मलाई डर लागो क्या !
boy: पहिले i love you भन अनि मात्र .
Girl: l , I love you. अब बिस्तारो गर !
boy: मलाई एक चोटी अंगालो हाल अनि.. .
(केटीले
अंगालो पनि हाली )
boy: मेरो हेल्मेट निकालेर लगाउ त मलाई
कस्तो अप्ठ्यारो भयो केटीले उसको हेल्मेट पनि लगाउछे )
अर्को दिन पत्रिकामा
!
!
!
!
!
!
!
!
!
एउटा घरमा गएर मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गयो एक जना चाही बच्न सफल भनेर समाचार आउछ
सत्यता के थियो भने हल्का ओरालो सडकमा bike को ब्रेक फेल भएको हुन्छ तर केटाले आफ्नी प्रेमिकालाई उक्त कुरा भनेको हुदैन किनकि उ आफ्नी प्रेमिका लाई बचाउन चाहन्थ्यो आफु मरेर भएपनि l .♥

B-key:-♥♥ सबै मायामा स्वार्थ हुदैन त्याग र बलिदान पनि हुन्छ ♥♥
Read More »

गरिबीहरु हिडछन् भोजन पाउन को लागि !

Posted By BHL53 on Tuesday, January 29, 2013 0 comments
गरिबीहरु हिडछन्  भोजन पाउन को लागि !
धनि हरु हिडछन्  उसलाई पचाउन को लागी !
कसैलाई खान को लागि एक टुक्रो रोटि छैन !
कसैलाई खान को लागि एक मिनेटसमय छैन !
 एउटा लाचार छ ! तेसैले बिरामी छ!
 आर्को   बिरामी छ ! तेसैले लाचार छ !
कसैले आर्का को लागि  आफ्नो  रोटि छोडछन् !
कसैले रोटि लागि आफ्नोलाइ छोडछन् !        



+bishnu lamsal
Read More »

दामि हुन पर्छ रे क्या!!!

Posted By BHL53 on Tuesday, January 29, 2013 0 comments
गफाडिहरू एक आपसमा गफ हान्दै रैछन् ।
पहिलो गफाडि => ओए तलाइ थाहा छ ।
दोस्रो गफाडि=> ल केहि भनेकै छैनस
कसरि थाहा पाउनु ।
पहिलो गफाडि => ल सुन न त
केटिहरूलाइ बेहूलि बनाउदा किन त्यस्तो राम्रो संग
सजाउने गरिन्छ ?
दोस्रो गफाडि => ल सुन!! हाम्रो शेरेले भनेको भित्र
सामान जस्तो सुकै भयपनि प्याकिँग
चाहि दामि हुन पर्छ रे क्या!!!
vedio यहाँ क्लिक्क  गर्नुहोस
Read More »

Monday, January 28, 2013

हिजो राती सपनिमा बोलाएको देखें ! नेपाली गजल तथा सायरीहरु - Ghajal Sayari

Posted By BHL53 on Monday, January 28, 2013 0 comments

Bishnu Lamsal Ismaran

हिजो राती सपनिमा बोलाएको देखें

हिजो राती सपनिमा बोलाएको देखें
ज्यान हेर्दा त अलि अलि दुब्लाएको देखें
मेरै मात्र कती पिर गर्छौ तिमी सानु !
 झ्याल मा बसी हेर्दै तिमी टोलाएको देखें
सन्चै छौ कि कस्ती छौ सानु !
 मुहार हेर्दा आँखाहरु लोलाएको देखें.........



Read More »

मेरो माँयालाई बजारमा सजाउने तिमी नै हौ. ! नेपाली गजल तथा सायरीहरु - Ghajal Sayari

Posted By BHL53 on Monday, January 28, 2013 0 comments

Bishnu Lamsal Ismaran

मेरो माँयालाई बजारमा सजाउने तिमी नै हौ.

मेरो माँयालाई बजारमा सजाउने तिमी नै हौ. तमासा म बन्दा ताली बजाउने तिमी नै हौ ..

आफ्नै निर्दोष विश्वासको नीलामीमा सड़क मांझ
नाच्न विवश पार्दै चांप बंधाउने तिमी नै हौ..

मेरो चोखो समर्पण र भावनाको चिता माथी.
आफ्नो सपनाको महल बसाउने तिमी नै हौ. 

+blamsal37@yahoo.com  
Read More »

धेरै दिन भो मायालुलाइ, देखेको नि छैन आउँदा जादा देउरालीमा,नेपाली गजल तथा सायरीहरु - Ghajal Sayari

Posted By BHL53 on Monday, January 28, 2013 0 comments
धेरै दिन भो मायालुलाइ, देखेको नि छैन आउँदा जादा देउरालीमा,

भेटेको नि छैन बिर्सि जाने माया भए,

माया गरेउ किन मेटी जाने तस्वीर भए, मनमा कोरेउ किन ।

1.जन्म -जन्म जिउने मर्ने, छैन नि भुलेको तिमी हाँस्दा म रुए, छैन नि

दुखेको छुटी जाने माया भए, माया गासेउ किन मेटी जाने तस्वीर भए, मनमा कोरेउ किन।



+bishnu lamsal 
Read More »

मेरो माँयालाई बजारमा सजाउने तिमी नै हौ. ! नेपाली गजल तथा सायरीहरु - Ghajal Sayari

Posted By BHL53 on Monday, January 28, 2013 0 comments






मेरो माँयालाई बजारमा सजाउने तिमी नै हौ.
 तमासा म बन्दा ताली बजाउने तिमी नै हौ ..

आफ्नै निर्दोष विश्वासको नीलामीमा सड़क मांझ
नाच्न विवश पार्दै चांप बंधाउने तिमी नै हौ..

मेरो चोखो समर्पण र भावनाको चिता माथी.
आफ्नो सपनाको महल बसाउने तिमी नै हौ..
Read More »
 

| MBT Church © 2015. All Rights Reserved | Template Style by MyBloggerTricks | Modyfi by Bishnu Lamsal | Back To Top |