मलाई छोडी मेरो छाँया, कतै झरेछ। ...२
तिमीसंग आईपुग्दा, साझै परेछ।
मलाई छोडी मेरो छाँया, कतै झरेछ।
तेसै कतै बिते मेरा, चिसा-चिसा रातिहरु।...२
तातो माया सँगालेर...२,खोजीरहे साथीहरु...२।
वैश छँदा नभोगेको, रातै ढलेछ।
तिमीसंग आईपुग्दा, साझै परेछ।
मलाई छोडी मेरो छाँया, कतै झरेछ।
नलेखेको गीत मेरो, पाखाभरि गाए जस्तो। ...२
नदेखेको माया मेरो...२, आँखाभरि पाए जस्तो...२।
जिन्दगीको छेउमा कतै, ज्योती झरेछ।
तिमीसंग आईपुग्दा, साझै परेछ।
मलाई छोडी मेरो छाँया, कतै झरेछ।
नेपाली कविता र गजल को प्रचार गर्ने क्रममा हामीले नेपाली गजलको भिडियो प्रस्तुत गरेका छौ। यो नेपाली गजलका गायक नारायण गोपाल हुन्। यो नेपालि गजल को बोल हो 'मलाई छोडी मेरो छाँया, कतै झरेछ' र यो नेपालि गजल मार्फत नारायण गोपाल ले नेपाली गजल मनपराउने नेपाली गजल प्रेमीहरुको मन जित्न सफल भएका छन्। यो नेपालि गजल हेरेर आनन्द लिनुहोस् र तपाइका मनमा लागेका बिचार हरु हामीसित सेयर गर्नुहोस।
Kindly Bookmark this Post using your favorite Bookmarking service:

0 comments:
Post a Comment