Sunday, October 27, 2013

'फेसबुक'को लत बसेको छ भने आजैबाट होसियार हुनुस् |

Posted By BHL53 on Sunday, October 27, 2013
तपाईंलाई सामाजिक सञ्जाल 'फेसबुक'को लत बसेको छ भने आजैबाट होसियार हुनुस् । फेसबुकमा सधैं झुम्मिनुले तपाईंको स्मरण शक्तिलाई क्षति पुग्न सक्छ । यति मात्रै भए त हुन्थ्यो नि, तपाईंलाई यसको लतले हिन्दी चलचित्र गजनीको आमिर खान बनाउन सक्छ ।
फेसबुकमा तपाईं या आफ्ना साथीहरूको वालमा कुनै सन्देश पोस्ट गरिएको हेर्नुहुन्छ वा लाइक गर्नुहुन्छ भने अब सतर्क बन्नुस् । साथी वा कसैको वालमा कमेन्ट गर्दार् या ऊसँग छलफलमा जुट्दा तपाईंको स्वास्थ्यलाई हानि पुर्‍याउन सक्ने एक अध्ययनले देखाएको छ । आवश्यकभन्दा बढी फेसबुसक एक्सेस गरेमा तपाईंलाई 'सर्ट टर्म मेमोरी' मा क्षति हुने रोग लाग्न सक्छ ।स्टकहोमस्थित केटीएच रोयल इन्स्टिच्युट अफ टेक्नोलजीका इरिक भन्छन्, 'आजको 'इन्फरमेसन ओभरलोड' को युगमा अफलाइन हुनु स्वास्थ्यका लागि राम्रो हो । किनभने जब तपाईं सोसल मिडियाको एडिक्ट बन्नुहुन्छ, तब तपाईंले धेरै घटनाहरू हेर्न र पढ्न पाउनु हुन्छ । यसले हाम्रो मनमस्तिष्कमा गहिरो प्रभाव छाड्छ । फलस्वरूप हामीमा सम्झने शक्तिको क्षय हुन्छ, हामीलाई बिर्सने रोग लाग्न थाल्छ ।' फ्रानसेन थप्छन्, 'हाम्रो मस्तिष्कको त्यो भाग जसलाई 'वर्किङ मेमोरी' पनि भनिन्छ, घटनाहरूलाई कम समयसम्म मात्र सञ्चित गर्ने क्षमता यसमा हुन्छ ।
फेसबुकले यो क्षमतालाई कम गर्छ ।' उनका अनुसार वर्किङ मेमोरीकै कारण नै मानिसले कुराकानीका क्रममा आवश्यक विषयमा आफ्नो विचार प्रकट गर्ने गर्छन् । उनी भन्छन्, 'जब हामी आवश्यकभन्दा बढी सोसल मिडियाको प्रयोग गर्छौ , यसको इन्फर्मेसन हाम्रो सीमित वर्किङ मेमोरीमा आफ्नो ठाउँ बनाउँछ ।
उक्त मेमोरीले तीनदेखि चार कुराहरूमात्रै एक समयमा सञ्चित गरेर राख्न सक्छ । तर सोसल मिडियाको प्रयोगबाट मस्तिष्कको यो क्षेत्र 'इन्फर्मेसन ओभरलोड' को सिकार भएपछि हाम्रो स्मरण क्षमतामा ह्रास आउन थाल्छ ।.…………. स्रोत: कान्तिपुर दैनिक

Kindly Bookmark this Post using your favorite Bookmarking service:

Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 comments:

Post a Comment

 

| MBT Church © 2015. All Rights Reserved | Template Style by MyBloggerTricks | Modyfi by Bishnu Lamsal | Back To Top |